कुमारी बैंकको डिजिटल च्यालेन्जमा आइफोन १२ निःशुल्क

Mar 07, 2021 06:56 PM Merolagani



कुमारी बैंकले (KBL) “डिजिटल च्यालेन्ज” नामक योजना प्रस्तुत गरेको छ । यो योजना अन्तर्गत् कुमारी बैंकको कुमारी स्मार्ट प्रयोग गरी कारोबार गर्ने ग्राहकहरूमध्ये १ जना भाग्यशाली विजेताले आइफोन १२ प्राप्त तथा ५ जना विजेताले साम्सङ ट्याब ए ८.० प्राप्त गर्नेछन् ।

“कुमारी स्मार्ट वान टु थ्री, आइफोन १२ फ्रि” योजना अन्तर्गत् ग्राहकले ३ कार्यहरू सम्पन्न गरेमा आइफोन १२ प्राप्त गर्ने अवसर पाउनेछन् । जसअन्तर्गत ग्राहकले कुमारी स्मार्ट मोबाइल एप प्रयोग गरी प्रथमतः टप–अप गर्ने, दोस्रोमा फोनपे डिरेक्टको प्रयोग गर्ने र तेस्रोमा फोनपे क्यु आर कोड स्क्यान गरी भुक्तानी गर्ने कार्य सम्पन्न गरेपछि आइफोन १२ प्राप्त गर्ने लक्की ड्रमा सहभागी हुनेछन् । यी ३ कार्यहरू सम्पन्न गर्ने ग्राहकहरूमध्ये एकले आइफोन १२ प्राप्त गर्नेछन् ।

यसका साथै कुमारी स्मार्ट एपबाट पहिलो पटक कारोबार गर्ने ग्राहकहरूमध्ये ५ विजेताले साम्सङ ट्याब ए ८.० प्राप्त गर्नेछन् । यस योजना अन्तर्गत ग्राहकले पहिलो पटक टप–अप, बिल भुक्तानी, क्युआर भुक्तानी (फन्ड ट्रान्सफर र वालेट लोडबाहेक) कुनै एक कारोबार गरे पश्चात् साम्सङ् ट्याब ८.० प्राप्त गर्ने लक्की ड्रमा सहभागी हुनेछन् ।

कुमारी स्मार्ट प्रयोग गर्नका लागि ग्राहकहरूले बैंकमा आफ्नो खाता खोलेका वा कायम गरेको हुनुपर्छ । बैंक–खातासँग जोडिएको कुमारी स्मार्ट एप आफ्नो फोनमा डाउनलोड गरी माथि उल्लेखित कार्यहरू सम्पन्न गरे पश्चात् ग्राहकहरूले यो योजनामा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । एफवान सफ्टको सहकार्यमा यो योजना यही मार्च १ तारिकदेखि मार्च महिनाको अन्तिम दिन ३१ तारिकसम्मका लागि मात्र लागू गरिएको छ ।

बैंकले १९२ शाखा सञ्जाल, १६२ एटिएम, २५ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेन्सन काउन्टर रहेकाे छ ।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।