सांग्रिला डेभलपमेण्ट बैंकको नारी बचत खाताको सुरुवात

Mar 07, 2021 06:56 PM Merolagani



सांग्रिला डेभलपमेण्ट बैंकले (SADBL) नारी दिवसको अवसरमा नारी बचत खाताको सुरुवात गरेको छ । १८ वर्षको उमेर नाघेका महिलाहरुलाई उच्च ब्याजदरका साथै बचत गर्न प्रोत्साहित गर्नकोलागि यो सुविधा ल्याइएको हो ।

यस खाता खोल्ने ग्राहकलाई वार्षिक ५ प्रतिशतका दरले मासिक रुपमा ब्याज भुक्तानी तथा लकर शुल्कमा पहिलो वर्षकोलागि ५० प्रतिशत छुटको व्यवस्थाका साथै मोबाइल बैकिंग तथा भिजा डेबिट कार्ड सुविधा पहिलो वर्षकालागि नि:शुल्क गरिएको छ ।

यस सेवा अन्तर्गत ग्राहकले हाल सञ्चालनमा आएका बैंकका ९५ वटा शाखाहरुबाट यस किसिमको बचत गर्न सक्नेछन् ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।