सांग्रिला डेभलपमेण्ट बैंकको नारी बचत खाताको सुरुवात

Mar 07, 2021 06:56 PM Merolagani



सांग्रिला डेभलपमेण्ट बैंकले (SADBL) नारी दिवसको अवसरमा नारी बचत खाताको सुरुवात गरेको छ । १८ वर्षको उमेर नाघेका महिलाहरुलाई उच्च ब्याजदरका साथै बचत गर्न प्रोत्साहित गर्नकोलागि यो सुविधा ल्याइएको हो ।

यस खाता खोल्ने ग्राहकलाई वार्षिक ५ प्रतिशतका दरले मासिक रुपमा ब्याज भुक्तानी तथा लकर शुल्कमा पहिलो वर्षकोलागि ५० प्रतिशत छुटको व्यवस्थाका साथै मोबाइल बैकिंग तथा भिजा डेबिट कार्ड सुविधा पहिलो वर्षकालागि नि:शुल्क गरिएको छ ।

यस सेवा अन्तर्गत ग्राहकले हाल सञ्चालनमा आएका बैंकका ९५ वटा शाखाहरुबाट यस किसिमको बचत गर्न सक्नेछन् ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।