ज्योति लाइफको आईपीओमा ४ गुणा बढी माग, करिब १२ लाखको आवेदन

Mar 07, 2021 07:15 PM Merolagani



ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा ४ गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटलका अनुसार आइतबार साँझ सम्ममा कम्पनीको  आईपीओमा साे बराबरकाे शेयर माग भएकाे हाे । 

कम्पनीकाे आईपीओमा ११ लाख ८१ हजार ९३१ वटा आवेदनबाट २ करोड ८५ लाख ४३ हजार ४०० कित्ता शेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई निष्काशनमा ल्याएको ५९ लाख ४० हजार कित्ताको ४.३५ गुणा बढी हाे ।

कम्पनीले फागुन २१ गते देखि कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशनमा ल्याएको छ । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।

कम्पनीको आइपीओमा छिटोमा फागुन २६ गते आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ।

कम्पनीलाई क्रेडिट रेटिङ्ग नेपालले ‘केयरएनपी-आइआर बीबी प्लस’ रेटिङ्ग प्रदान गरेको छ। यसले समय नै कम्पनीको दायित्व पुरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित रहेकोे जनाउछ।

हाल कम्पनीको अधिकृत पूँजी ३ अर्ब, जारी पूँजी २ अर्ब २० करोड र चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ छ। सर्वसाधारणलाई आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।




रास्वपाद्वारा समानुपातिकतर्फका ५७ सांसदको नाम टुङ्गो, ४८ जना महिला, को को परे ? (सूचीसहित)

Mar 15, 2026 02:31 PM

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुङ्गो लगाएको छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकले ४८ जना महिलासहित ५७ जनाको नाम छनोट गरेको हो।