लोकसेवा आयोगले माग्यो ठुलो संख्यामा कर्मचारी, एसएलसी उत्तीर्णले पनि आवेदन दिन सक्ने

Mar 10, 2021 02:40 PM Merolagani



लोकसेवा आयोगले भारी मात्रामा कर्मचारीको माग गरेको छ। आयोगले राजपत्र अंकित द्वितीय श्रेणी (अप्राविधिक) पदका लागि विभिन्न स्थानमा कर्मचारी मागेको हो।

लोक सेवा आयोगले खुला, समावेशी तथा आन्तरिक प्रतियोगितात्मक परिक्षाद्वारा पदपूर्ति गर्न ४८९ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो। न्याय र प्रशासन सेवा अन्तर्गत न्याय, सामान्य प्रशाासन, लेखा, सरकारी वकिल, कानून समूहका लागि आवेदन दिन सकिनेछ। आन्तरिक प्रतियोगिता, खुला , महिला, आदिवासी वा जनजाति, मधेसी , अपांग आदि विज्ञापनका किसिम रहेका छन्।

उक्त पदका लागि लोकसेवा आयोगको धनकुटा कार्यालयमा आवेदन दिने २१ जनाले पद प्राप्त गर्न सकिनेछ। यसैगरी इलामको कार्यालयका लागि ३८ जना, खोटाङ कार्यालयमा ३६ जना र जलेश्वर कार्यालयमा ६४ जनाका लागि आवेदन खुलाइएको हो।

यस्तै काठमाडौंस्थित लोक सेवा आयोग कार्यालयमा ८४ जनाले, हेटौंडा कार्यालयमा ४१ जना, पोखरा कार्यालयमा ३८ जना, बाग्लुङ कार्यालयमा २६ जनाले पद पाउन सक्नेछन्। लोकसेवा आयोगको बुटवल कार्यालयमा २७ जना, दाङ कार्यालयमा २७ जना, सुर्खेत कार्यालयमा १५ जना, जुम्ला कार्यालयमा २४ जना, दिपायल कार्यालयमा ३३ जना र महेन्द्रनगर अवस्थित लोकसेवा आयोग कार्यालयका लागि १५ जनाको माग गरिएको छ।

यी पदका लागि दरखास्त दस्तुर ३०० रुपैयाँ, समावेशी समूहतर्फ थप समूहमा आवेदन दिन दस्तुर १५० र उम्मेदवारले छनोट गरेको सेवा वा समूहको क्लस्टरका आधारमा एकभन्दा बढि प्रत्येक क्लष्टरकालागि थप १५० रुपैयाँ बुझाउनुपर्नेछ।

दरखास्त दिनका लागि न्यूनतम योग्यता एसएलसी वा सो सरह उत्तीर्ण भएको हुनुपर्नेछ। आवेदन दिने अन्तिम मिति २०७७ चैत १७ गतेसम्म रहेको छ। तर, दोब्बर शुल्क तिरेर २०७७ चैत्र २४ गतेसम्म आवेदन दिन सकिनेछ।

उम्मेदवारले अनलाइन दरखास्त प्रणाली psconline.psc.gov.np मार्फत दरखास्त दिन सक्नेछन्।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।