भारतमा काेराेना बढ्याे,नेपालमा पनि सतर्क तथा सावधान रहाैं: स्वास्थ्य मन्त्रालय

Mar 21, 2021 06:07 PM Merolagani



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमण रोकथामकालागि नेपालमा सतर्क तथा सावधान रहन आग्रह गरेको छ ।  कोभिड १९ को संक्रमण छिमेकी राष्ट्र तथा विश्वभर नै बढ्दो क्रममा रहेकाे भन्दै मन्त्रालयले आइतबार एक विज्ञप्तीमा मार्फत यस्तो सूचना जारी गरेको हो ।

मन्त्रालयले संक्रमण बढ्न राेक्नका लागि सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक तथा भीडभाड हुने व्यवसाय र कार्य नगर्न आग्रह गरेको छ ।

यसैगरी मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सामाजिक वा भौतिक दुरी, मास्कको अनिवार्य प्रयोग गर्न र साबुन पानीले हात धुने वा सेनिटाईजरको प्रयोग गर्ने लगायतका स्वास्थ्य मापदण्डहरु पालना गर्न अनुरोध गरेका छन् ।

आइतबार देशभरमा ७७ जना कोरोना संक्रमित थपिएका छन् भने १०६ जना कोरोना मुक्त भएका छन् । यस दिन कुनै संक्रमितको मृत्यु दर्ता गरिएको छैन ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।