चम्किँदै चाँदी: लगानी गर्ने राम्रो समय, सुपर चक्रले दिनेछ बम्पर रिटर्न

Mar 24, 2021 11:33 AM Merolagani

कोरोना महामारीका कारण विश्वभरको बजार ठप्प रह्यो तर सुनचाँदीको मूल्यमा चमक रह्यो । बजारमा यस्तै अवस्था भइरहेमा सुनचाँदीको मूल्यमा फेरि वृद्धि हुने अपेक्षा गरिएको छ । यस पटक चाँदीको चमक धेरै हुनेछ र लगानीकर्तालाई भारी रिटर्न दिन सक्ने संभावना रहेको छ ।

चार वर्षको सुपर चक्रले दिनेछ बम्पर रिटर्न

विश्लेषकका अनुसार संसारभरका बजारमा चाँदीको लागि वातावरण बन्दैछ । कुनै पनि आर्थिक संकटको समयमा विश्वव्यापी अर्थव्यवस्थामा वस्तुहरुको सुपर चक्र हुन्छ ।

सन् २००८को मन्दीमा पनि सुनचाँदीले सुपर चक्रकोे सामना गरेको थियो, जसको असर २०११ सम्म रह्यो । यसभन्दा अघि १९७० देखि १९७५, १९९० देखि १९९५, २००० देखि २००४ मा पनि आर्थिक संकटको समयमा वस्तुहरुकोे सुपर चक्र आएको थियो ।

हालको आर्थिक संकटमा पनि फेरि पनि एक सुपर चक्रको सुरुवात भएको छ, जुन सुनचाँदी, कपर, अन्न लगायतका सबै वस्तुहरुमा तिव्र वृद्धि ल्याउनेछ । सुपर चक्र औसतमा ४ वा ५ वर्षसम्म चल्ने गर्दछ, जसमा चाँदीको चमक धेरै बढ्ने अनुमान गरिएको छ ।

चाँदी खरिदमा डिजिटल लगानीको कुनै विकल्प नभएकाले पनि यसको मूल्य वृद्धि हुनेछ । सुनमा गोल्ड बण्ड वा ईटीएफका माध्यमबाट लगानी गर्न सकिन्छ जसमा पैसा बाँडिने गर्दछ ।

चाँदीको पक्षमा बन्दै छ वातावरण

सन् २०११ मा अन्तरराष्ट्रिय स्तरमा चाँदीको भाउ ५० डलर प्रति अउन्स सम्म थियो,जुन हाल २५ डलरको हाराहारीमा रहेको छ । विश्वभरका देशहरुले अर्थतन्त्रलाई उकास्नका लागि राहत प्याकेज दिँदैछ । यसबाट महंगाई बढ्नेछ, जसबाट सुन र चाँदीको भाउमा वृद्धि हुनेछ ।

चाँदीको सबैभन्दा धेरै प्रयोग औद्योगिक क्षेत्रमा हुन्छ र सो क्षेत्रमा चौतर्फी सुधार आइरहेको छ । अर्थात् चाँदीको खपत आउने समयमा धेरै बढ्नेछ । चाँदीको उत्पादन पाँच वर्षदेखि लगातार घटिरहेको छ जसका कारण आउने समयमा मूल्यमा थप बढोत्तरी हुनेछ ।

यसैगरी ५ जी प्रविधि र सोलर प्यानलमा चाँदीको निकै नै प्रयोग भइरहेको छ जसका कारण चाँदी को खपतमा वृद्धि भइरहेको छ ।

 

२०२३ सम्ममा चाँदीको भाउ २ लाख प्रति किलो भन्दा माथि पुग्न सक्ने

गत वर्ष अनिश्चितताका कारण सुनको भाउ बढेको थियो तर सो अनुपातमा चाँदीको भाउ बढेको थिएन । अहिले सुनचाँदीको अनुपात ६७ को आसपासमा रहेको छ ।

यदि सन् २०११ मा यो अनुपात ३१ सम्म आएको थियो र सो अवस्था फेरि आएमा चाँदीको भाउ सुपर चक्रको समयमा २ लाख प्रति किलोग्राम भन्दा माथि जान सक्दछ । हालको सुपर चक्र २०२३ सम्म पुग्ने सम्भावना छ । यस समयावधिमा सुनको भाउ ५६ देखि ५७ हजार डलर प्रति किलोग्राम पुग्यो भने ३१ को अनुपात पुरा गर्नका लागि चाँदी २ लाख रुपैयाँ प्रति किलोग्राम भन्दा माथि जान सक्दछ । हाल चाँदी अन्तरराष्ट्रिय बजारमा ८२० डलर प्रति किलोमा खरिदबिक्री भइरहेको छ ।

सबै वस्तुको भाउमा हुँदैछ बढोत्तरी

शेयर बजार आफ्नो अलटाईम हाईमा पुगिसकेको छ । यदि कोरोना भाइरसको दोश्रो लहरको प्रभाव भएमा बजार पुन तोडिनेछ । हाल तेल, सोयाबीन, चना लगायतका सबै खाद्य वस्तुमा १०० देखि ५०० प्रतिशतसम्म वृद्धि भइरहेको छ । यसको अर्थ आउने समयमा सुनचाँदीको भाउमा पुन बढोत्तरी हुनेछ जसमध्ये चाँदीको पक्षमा वातावरण बनिरहेको छ ।

( एजेन्सीकाे सहयाेगमा ।)

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।