विश्वकाे चिन्ता पानीमा,कम पानीसहितको विश्वका लागि योजना बनाउन शुरु गराैँ

Mar 23, 2021 06:30 PM Merolagani

विश्वका नेताहरुले निकै कम पानी सहितको विश्वका लागि योजना बनाउन शुरु गर्न आवश्यक भइसकेको छ।

बढ्दो जनसंख्या र आर्थिक विकाससँगै बढ्दो मागका कारण हामीले हाम्रा पुर्खाहरुले १०० वर्ष अघि उपभोग गर्ने पानीभन्दा ६ गुणा बढी पानी उपभोग अहिलेको जनसंख्याले गर्दछ।

यसका साथै मौसम परिवर्तनले पानीको चक्रमा विनाशकारी भूमिक खेलिरहेको छ। यसले मौसमी प्रणाली र वर्षा प्याटर्नहरुमा बाधा पुर्याइरहेको छ जसले गर्दा कहिले अधिक र कहिले न्यून वर्षा भइरहेको छ र त्यो पनि जहाँ तथा जहिले आवश्यकता छ त्यो बेला होइन।

त्यसैले, यस वर्ष संयुक्त राष्ट्र संघको विश्व पानी दिवसमा मूल विषय नै ‘पानीको मूल्य’ (भ्यालुइङ्ग वाटर) हो। यो हाम्रो घर, खाना, संस्कृति, स्वास्थ्य, शिक्षा, अर्थशास्त्र र प्राकृतिक वातावरणको अखण्डताको लागि पानीको मूल्यबारे विचार गर्ने बारेमा हो। यो आवश्यक छ किनभने धेरै उपयोगका लागि पानीको तत्कालिन आवश्यकता र त्यसलाई सम्बोधन गर्न आवश्यक संसाधनहरु बीच एक ठूला खाडल बनिसकेको छ।

यो पूँजी, दक्षता अथवा समाधानको कमीका कारण होइन– यी तीनवटै पर्याप्त मात्रामा उपलब्ध छ।

यो राष्ट्रिय तथा अन्तरराष्ट्रिय दूरदर्शिता, योजना र सहयोगको असफलता हो। पानीको बहुआयामी मूल्यलाई राम्रोसँग बुझ्नका लागि यस महत्वपूर्ण संसाधनलाई सुरक्षित राख्नु सबैका लागि राम्रो हुनेछ।
पछिल्ला वर्षहरुमा हामीले देखिसकेका छौँ कि कसरी पानीले हाम्रो स्वास्थ्य र जलवायु संकटको असंख्या प्रभावहरुलाई जोडेको छ। प्रत्येक महादेशका अरबौँ मानिसहरुले बढ्दो पानी अभावको भविष्य सामना गर्नेछ। कोभिड १९ ले यो अवस्थालाई झन् बिगारेको छ।

महामारीको बेला, हामी सबैले बारम्बार हात धुन अनुरोध गर्यौँ– एक त्यस्तो निर्देशन जुन रियो, नाइरोबी,जाकर्टा र मुम्बाइका सुकुम्बासीहरु र सामान्य हात धुने सुविधाबाट बञ्चित ३ अर्ब मानिसहरुका लागि मान्न गाह्रो थियो।

पानी बिनाको दुनियाँमा, खाद्य उत्पादन बन्द हुन्छ,शहरहरु काम गर्न बन्द गर्नेछन्,आर्थिक गतिविधि रोकिनेछ र हरियाली मरभूमिमा परिणत हुनेछ। विश्व आर्थिक फोरमले जनवरीमा प्रकाशित गरेको २०२० ग्लोबल रिस्कस् रिपोर्टले पानी अभावबाट हुने जोखिमलाई संक्रामक रोज वा खाद्य अभावका कारण हुने जोखिमभन्दा माथि राखेको छ।

सन् २०२१ मा हामी यी तीनवटै समस्याहरु एकैसाथ अनुभव गरिरहेका छौँ जहाँ कोभिड १९ ले दुनियाभरमा २७ लाखभन्दा बढी जीवन र हरेक मुलुकका हरेक घरमा विश्व खाद्य असुरक्षालाई बढाएको छ।

विश्व बैंकको अनुमान छ कि अझै पनि सुरक्षित खानेपानीबाट वञ्चित २.२ अर्बको माग पुरा गर्नका लागि र अहिले पर्यावरणलाई दुषित बनाइरहेको, रोग बोकिरहेको र खेर गइरहेको पानीको ८० प्रतिशत हिस्सालाई सदुपयोग गर्न आगामी १० वर्षमा १ ट्रिलियन डलर अतिरिक्त पूँजी लगानी गर्नुपर्नेछ।

एक वर्षमा विश्वभरको पानी सुधार गर्न र फोहोर पानी व्यवस्थापन गर्न १०० बिलियन डलर लगानी गर्नुपर्नेमा, मौसम परिवर्तनसँग लड्न सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गर्ने एक अन्तरराष्ट्रिय वातावरण संस्था, ग्लोबल सेन्टर अन एडाप्टेशन (गीसीए) ले सन् २०१८ मा केबल १० बिलियन डलर लगानी गरेको छ।

यसको अर्थ, सन् २०१८ मा जलवायु परिवर्तनविरुद्ध लड्नका लागि उपलब्ध सरकार, कम्पनी र घरबाट ५४६ बिलियन डलर फण्डिङ्गमा २ प्रतिशत कम जल परियोजनाहरुमा आकर्षित भएका छन्। राष्ट्रिय मौसम योजना, जसमा मुलुकहरुले ग्रीनहाउस ग्यास उत्सर्जन घटाउने योजनाले विरलै पानी परियोजनाहरुलाई समावेश गरेको पाइन्छ।

तर, यहाँ आशावादी हुने केही कारणहरु छन्। पहिलो, चीन, घाना र बङ्गलादेश जस्ता मुलुकहरुको राष्ट्रिय एडप्टेसन योजनाहरुमा जल परियोजनाहरुलाई महत्वपूर्ण स्थान दिन थालिसकिएको छ। यी योजनाहरुले समुदायहरुलाई पानीको अभाव र खडेरी जस्ता जलवायु परिवर्तनको प्रभावहरु पहिचान गर्न र स्वीकार्न मद्दत गर्दछ।

ठूला लगानीकर्ता तथा बैंकहरुले भ्यालुइङ्ग वाटर फाइनान्स टास्क फोर्स जस्ता समूहको माध्यमबाट पानीलाई वित्तीय जोखिमको रुपमा महत्व दिन पूँजी बजारलाई उत्प्रेरित गरेर पानीको समस्यालाई सम्बोधन गर्न भूमिका खेल्नुका साथै अन्य कम्पनीहरुलाई पनि यस्तै कार्य गर्न प्रभावित गरिरहेका छन्।
यद्यपि, जलवायु अनुकुलनको लागि कोष, जलवायु वित्तको एक अंश मात्र आकर्षित हुने गर्दछ। र यो परिवर्तन हुनुपर्दछ।

दोस्रो, कोभिड १९ विरुद्धको लडाइ, जसले ठूलो धनराशी उपभोग गरिरहेको छ, त्यसले हामीलाई अभावजन्य सार्वजनिक स्रोतलाई कहाँ लगानी गर्ने भन्ने विषयमा अझ रणनीतिक रुपमा सोच्न बाध्य पार्दै छ।

महामारीपछिको विश्वमा,राम्रो भविष्य निर्माण गर्नका लागि हामीले आफुले सिकेका अन्तरजडित प्रणालीहरुको प्रयोग गर्नुपर्छ। जीसीएले आफ्नो स्ेटट एण्ड ट्रेण्ड इन क्लाइमेट एडाप्टेशन रिपोर्ट २०२० मा उल्लेख गरेको छ भने क्लाइमेट स्मार्ट एडाप्टेशन कदमहरुले अर्थतन्त्र, स्वास्थ्य र मौसममा तीन गुणा बढी परिणाम दिइ महामारीको प्रकोपबाट आर्थिक रिकभरी छिटो र राम्रोसँग गर्न सहयोग गर्नेछ।

उदाहरणको लागि, सानो सत्य यो छ कि, स्कटल्याण्डस्थित फ्लो कन्ट्री र दक्षिण पूर्व एशियाको दलदल जस्ता सिमसार क्षेत्रहरुले जङ्गलले भन्दा दुई गुणा बढी कार्वन सञ्चय गर्न सक्छ, जसले गर्दा यी क्षेत्रहरुलाई विश्वको सबैभन्दा प्रभावकारी कार्बन सिंक बनायो। सिमसारबाट पर्यावरणलाई पुनस्र्थापना गर्न प्राकृतिक समाधानमा लगानी गर्नाले कार्बन उत्सर्जन, बाढी र खडेरी नियन्त्रण गर्न, जल शुद्धिकरण र जैविक विविधता जोगाउन जस्ता धेरै फाइदा लिन सक्छौँ।

अर्को अवसर भनेको बढ्दो फोहोर पानी व्यवस्थापन। प्रशोधन नभइ निस्किएका फोहोरहरुले किटाणु बोक्ने र वातावरणलाई दूषित गर्ने काम मात्र गर्दैन, यसले मिथेन जस्ता ग्लोबल वार्मिङ्ग बढाउने खतरनाक ग्रीनहाउस ग्यासहरु पनि सिर्जना गर्दछ।

आधुनिक फोहोर पानी व्यवस्थापन गर्ने मेशिनहरुले अर्गानिक वस्तुहरु टुक्रयाउन ब्याक्टेरियाको प्रयोग गर्दछ। त्यसबाट निस्किएको बायोग्यास खाना पकाउन, तताउन र चिस्याउन, र नविकरणीय उर्जा प्राप्त गर्न प्रयोग गर्न सकिन्छ। त्यसैले, फोहोर पानी व्यवस्थापनमा लगानी गर्नु हामी, हाम्रो स्वास्थ्य, वातावरण, अर्थतन्त्र र मौसमको लागि राम्रो हुन्छ।

(संयुक्त राष्ट्र संघका आठौँ महासचिव वान कि–मुन र ग्लोबल सेन्टर अन एडाप्टेशनका सीईओ प्याट्रिक भर्कोयनको विचार) (सीएनएनबाट अनुवादित)

comments powered by Disqus

निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १२१ रुपैयाँ पुग्यो

Apr 17, 2021 08:25 PM

निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।