कोरोनाबाट लामो समयसम्म संक्रमितहरुमा स्ट्रोक,छातीमा दुखाईको समस्या देखापर्ने खतरा

Mar 24, 2021 04:09 PM Merolagani

कोभिड १९ बाट ग्रसित भएर निको भएको लामो समयसम्म पनि केहि संक्रमितहरुमा स्ट्रोक, छातीमा दुखाई र रगत जम्ने जस्ता समस्या देखा पर्ने गरेको छ । वैज्ञानिकहरुका अनुसार कोभिड १९ जितेका २० प्रतिशत बिरामीहरुमा स्वस्थ्य भएको दुई महिनापछि पनि छातीमा दुखाईकाे समस्या देखिएको छ ।

हालसालै नेचर मेडिसिन जर्नलमा यस विषयमा एक लेख प्रकाशित भएको छ । कोरोनाको प्रभाव जान्नका लागि फरक फरक किसिमका ३० विशेषज्ञहरुले कोरोना संक्रमितहरु माथि गरेको अध्ययनले यो दाबी गरेको हो । कोलम्बिया विश्वविद्यालयको एक रिपोर्टले यस्तो विश्लेषण गरेको छ । छातीमा दुखाईकासाथै केही बिरामीहरुमा मधुमेहकासाथ फोक्सोमा रगत जम्ने जस्ता अन्य समस्या पनि देखिएको अनुसन्धान बताउँछ ।

वैज्ञानिकहरुले पनि यो स्पष्ट गरेका छन् कि जुन बिरामीहरुमा लामो समयसम्म लक्षण देखिएको छ, ती व्यक्तिहरुमा पहिलेदेखि नै कुनै न कुनै स्वास्थ्य सम्बन्धित समस्या रहेको हुन्छ । कोलम्बिया विश्वविद्यालयका इलेन वाई वेनका अनुसार केही युवा संक्रमितहरुमा संक्रमणपछि मुटुको धड्कनको गति वृद्धि हुने समस्या देखिएको छ ।

मुटुमा सबैभन्दा धेरै क्षति

विशेषज्ञहरुका अनुसार कोरोना संक्रमणपछि स्ट्रोक,धड्कनको गति रोकिनुका साथ मुटुलाई ठुलो क्षति हुन सक्नेछ । यसैगरी अनुसन्धनकर्ता एनी नलबांदियनका अनुसार यस किसिमका समस्याहरु कोभिड पछिको कारण हुन सक्दछन् ।

केहि संक्रमितहरुलाई असहज महसुस हुनका साथै निर्णय लिने क्षमता र ध्यान केन्द्रित गर्नमा पनि समस्या भइरहेको छ । केहि संक्रमितहरुलाई संक्रमणपछि अंग सम्बन्धित समस्या पनि देखिइरहेको छ ।

नियमित चिकित्सकको सल्लाह लिन आवश्यक

विशेषज्ञहरुले बताए बमोजिम पोष्ट कोभिडका लक्षण र स्वास्थ्य सम्बन्धित समस्याहरुबाट बच्नका लागि नियमित चिकित्सकको सल्लाह लिनु आवश्यक छ । कोरोनालाई जित्ने मानिसहरु पनि आफ्नो स्वास्थ्यलाई लिएर अत्यन्त सतर्क रहनुपर्नेछ ।

समयसँगै कोरोना भाइरसका साईड एफेक्ट्सहरुका सिमाका बारेमा थाहा भइरहेको छ । मुटु रोग, पाचन प्रणाली,मस्तिष्क वा फोक्सो र स्वासप्रश्वास सम्बन्धित कैयौं समस्या देखिएमा ढिलो नगरी चिकित्सकको सल्लाह लिनुपर्नेछ र भविष्यको जोखिमबाट पनि आफूलाई बचाउनुपर्नेछ । 

( एजेन्सीकाे सहयाेगमा ।)

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।