सेन्ट्रल फाइनान्सको कम्पनी विश्लेषण

Mar 27, 2021 07:24 PM Merolagani



गत साता सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड (CFCL) को शेयरमूल्य ८ रुपैयाँ घट्यो। अघिल्लो साताको अन्तिम कारोबार दिन २०५ रुपैयाँमा अन्तिम कारोबार भएको यस फाइनान्सको शेयर, गत साता १९७ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यस अनुसार आगामी दिनमा फाइनान्सको शेयरमूल्य उकालो लागेमा २२० रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, फाइनान्सको शेयरमूल्य ओरालो लागेमा भने १८० रुपैयाँमा टेवा पाउने देखिन्छ।

पछिल्लो समय फाइनान्सको ५ दिने इएमए २० दिने इएमएभन्दा तल रहेको छ। यसले बजारमा फाइनान्सको बाइङ्ग मोमेन्टम कमजोर रहेको संकेत गर्दछ।

शेयरमूल्य ओरालो लागेपनि फाइनान्सको भोल्यूम भने बढ्दो क्रममा रहेको छ। गत साता फाइनान्सको दैनिक औषतमा १४ हजार ४८३ कित्ता शेयर खरिदबिक्री भएको थियो। यससँगै फाइनान्सको २० दिने औषत भोल्युम १२ हजार ३९८ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनमा दैनिक औषत भोल्यूम १६.८२ प्रतिशत बढी छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सेन्ट्रल फाइनान्स लिमिटेडले ४ करोड ३९ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ करोड ५१ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

सो अवधिसम्ममा फाइनान्सले ९ करोड ५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ६ करोड १५ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ।

८८ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सको जगेडा कोषमा ३५ करोड ५२ लाख रुपैयाँ सञ्चित छ।

सो अवधिसम्ममा फाइनान्सको वार्षिक प्रतिशेयर आम्दानी ९ रुपैयाँ ९८ पैसा रहेको छ। त्यसैगरी, फाइनान्सको बुकभ्यालु १४० रुपैयाँ ३२ प्रसा रहेको छ। गत साताको अन्तिम कारोबार मूल्यका आधारमा फाइनान्सको पीई रेशियो १८.७४ गुणा रहेको छ। त्यस्तै, फाइनान्सको प्राइस टु बुकभ्यालु रेशियो १.४ गुणा रहेको छ।

गत साताको अन्तिम कारोबार दिन फाइनान्सको आरएसआई ४५.४२ स्केल अर्थात न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा फाइनान्सको शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

हाल नेप्सेमा फाइनान्सको ८८ लाख १० हजार ३५७ कित्ता शेयर सूचीकृत छ। गत बिहीबार फाइनान्सको शेयर प्रतिकित्ता १९७ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यस अनुसार फाइनान्सको कुल बजार पूँजीकरण १ अर्ब ७३ करोड ५६ लाख ४० हजार ३४८ रुपैयाँ रहेको छ।
फाइनान्सको पछिल्लो १८० दिनको औषत मूल्य १८१ रुपैयाँ ७४ पैसा रहेको छ। त्यस्तै, फाइनान्सको ५२ हप्ताको उच्च शेयरमूल्य २३५ रुपैयाँ रहेको छ भने न्यून मूल्य ११८ रुपैयाँ रहेको छ।

फियर एण्ड ग्रीड मिटरमा फाइनान्स अहिले ग्रीड जोनमा रहेको छ। यसले फाइनान्सको शेयरमूल्य बढ्ने अपेक्षामा शेयर खरिद गरिरहेको संकेत गर्दछ।

(उपलब्ध तथ्याङ्कका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।