हामीले धेरै ढिलो हुनुभन्दा अघि डाटा सुरक्षित गर्न र शेयर गर्न ग्लोबल स्ट्याण्डर्ड सिर्जना गर्नुपर्छ

Mar 30, 2021 07:31 PM Merolagani

मानवता यत्तिको व्यापक रुपले कहिल्यै रेकर्ड गरिएको थिएन। स्मार्ट वाचहरुले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगले हाम्रो हृदयरोगको जोखिम न्यूनिकरण गर्न वास्तविक समयमा धड्कनको जाँच गर्दछ।

ब्लुटुथ र जीपीएसले हामी कस्तो ठाउँमा के खरिद गरिरहेका छौँ भन्ने कुरा ट्रयाक गरिरहेको हुन्छ। सामाजिक सञ्जालमा गरिएको लाइक र त्यसमा बिताइएको समयलाई हाम्रो क्रेडिट जोखिम प्रक्षेपण गर्न प्रयोग गरिन्छ। हामीले सपिङ्ग प्लेटफर्महरुमा गरेका खोज (सर्च) हरु लक्षित विज्ञापन सिर्जना गर्न प्राकृतिक भाषा प्रोसेसरमार्फत चलाइन्छ जसको नदेखिने टीथरहरुले हाम्रो स्वाद र बानीहरु बताउँछ।

मानिसको व्यक्तिगत डाटा उत्पादन र संग्रह, आधुनिक अर्थव्यवस्थाको एक ठूलो हिस्सा बनिसकेको छ। र यसले एकदमै ठूलो भ्यालु सिर्जना गर्दछ। ठूला डाटा तथा एआई विश्लेषणहरु उत्पादकत्व बढाउने खोज तथा र विकासका लागि प्रयोग गरिन्छ। यसले वित्तीय समावेशीकरणलाई सुदृढ पार्न सक्छ।

महामारीको समयमा, लकडाउनको प्रभावको थाहा पाउन सम्पूर्ण जनसंख्याको रियल टाइम हलचलको डाटा नीति निर्माताहरुलाई सूचीत गरिएको थियो। कन्ट्याक्ट ट्रेसिङ्ग एपहरुले ति व्यक्तिहरुलाई सूचीत गरेका थिए जो कोभिड १९ बाट संक्रमित व्यक्तिहरुको सम्पर्कमा रहेका थिए।
तर, जसरी यी डाटाहरुले हामीलाई कोभिड १९ को निगरानी, अनुशरण र प्रतिक्रिया दिन मद्दत गर्यो, महामारीले विश्व अर्थव्यवस्थामा डाटा कसरी प्रवाह हुन्छ भन्ने विषयमा दुई मूलभूत समस्याहरुलाई हामी समक्षा उजागर गरेको छ।

पहिलो, डाटा अर्थव्यवस्था अपारदर्शी छ र सँधै व्यक्तिगत गोपनियताको सँधै सम्मान गर्दैन। दोस्रो, डाटाहरु निजी भूमिगत कक्षमा राखिएको छ।

जिम्मेवार तरिकाले डाटालाई कसरी प्रयोग गर्ने?

हाम्रा स्मार्ट डिभाइसहरुले संकलन गरेको डाटा मूल रुपमा हामीले प्रयोग गरेको सामाजिक सञ्जाल, अनलाइन सपिङ्ग र सर्च टुलहरु विकास गरेका कम्पनीहरुको निजी सम्पत्ती छ। यी डाटाहरु कति मूल्यवान छन्, यो आश्चर्यको कुरा होइन कि कम्पनीहरु त्यसलाई आफुमै सीमित राख्ने प्रयासमा छन्। जस्तो कि धेरै डाटा राम्रो विश्लेषणको पनि पिता हो, यसले धेरै उपयोग, धेरै डाटा र धेरै नाफा आकर्षित गर्छ। यी डाटाहरुले उनीहरुको प्लेटफर्म नेटवर्क र सम्भावित रुपमा कठिन प्रतिस्पर्धालाई बलियो बनाउँदछ।

यो ‘फाइन्डर्स किपर्स’ मोडलले धेरै डाटा संकलन गर्न नेतृत्व गर्न सक्छ, तर निजी भूमिगत कक्षमा राखिएका ती डाटाहरु आवश्यक परेको बेलामा पर्याप्त मात्रामा उपयोग हुन सक्दैनन्।

डाटा शेयरिङ्गले नयाँ प्रविधिहरुको विकास गर्न सहयोग गर्न सक्छ। सोच्नुहोस् कि बृहत डाटा संकलन कसरी महामारी विज्ञान अनसन्धानलाई सहयोग गर्न सक्छ? एक खोजकर्ताले आफ्नो देशमा आफ्ना बिरामीहरु माथि गरेको विश्लेषण एक राम्रो सुरुवात हुन सक्छ, तर यसले दुनियाँभरका धेरै बिरामीहरुको अनुभवमाथि एक साथ काम गर्ने र धेरै शोधकर्ताहरुको काम जत्तिको परिणाम दिन सक्दैन।

डाटालाई कसरी सार्वजनिक सम्पत्तीको रुपमा प्रस्तुत गर्न सकिन्छ? गोपनियता र अखण्डताको सुरक्षा गर्दै आम जनताको विश्वास जित्ने आवश्यकतासँगै व्यवसायिक चासो र आविष्कारको लागि प्रोत्साहन बीच सन्तुलन हुन जरुरी छ।

डाटा अर्थतन्त्रको नियम स्पष्ट पार्नु एक राम्रो सुरुवात हुन सक्छ। महत्वपूर्ण प्रगतिहरु भइसकेका छन्, जस्तै, सन् २०१८ देखि यूरोपमा जनरल डाटा प्रोटेक्सन रेगुलेशन (जीडिपीआर) लागु भइसकेको छ, जसले डाटा अर्थव्यवस्था नियन्त्रण गर्ने केही अधिकार र दायित्वहरुलाई स्पष्ट पारेको छ।

ईयूका बासिन्दाहरुसँग अब आफ्नो डाटा प्राप्त गर्न र त्यसलाई कसरी प्रशोधन गर्न सीमित गर्ने भन्ने अधिकार छ र यी अधिकारलाई तीव्र रुपमा बढी जरिवानाका लागि लागु गरिएको छ। तरपनि, जब अनुसन्धानकर्ताहरुले पनि यस जीडिपीआरको प्रभाव डिजिटल इकोनोमीमा देख्न थाले, यी अधिकारहरुको सञ्चालन गर्ने र प्रयोग गर्न सजिलो हुने गरी राख्ने भन्ने चिन्ताको अझै पनि छ।

मानिसहरुमा आफ्नो व्यक्तिगत डाटामाथि धेरै अधिकार हुनुपर्छ। सार्वजनिक डाटा उपयोगिताको निर्माण, विचार गर्ने एक मुद्दा हुन सक्छ, सायद क्रेडिट रजिष्टरको एक परिणामको रुपमा, जसले व्यक्तिगत अधिकारहरुका साथ सार्वजनिक जरुरतहरुलाई सन्तुलित राख्न सक्छ। एक स्वतन्त्र एजेन्सीको कल्पना गर्नुहोस्, जसले व्यक्तिगत डाटाको केही वर्गहरु संकलन गर्ने र हटाउने काम गर्दछ, जसलाई त्यसपछि आवश्यक व्यक्ति तथा संस्थाहरुका लागि विश्लेषण वा अध्ययन गर्न उपलब्ध गराउन सकियोस्। चाहे त्यसको प्रयोग, महामारी विरुद्ध लड्न ट्रेसिङ्ग होस्, उन्नत अर्थव्यवस्थाको प्रक्षेपणको लागि होस् या मनी लन्डरिङ्ग या आतंक वित्तीय पोषण होस्।

नीतिहरुले पनि उपभोक्ताहरुलाई व्यक्तिगत इकोसिस्टम भित्रको बन्धनबाट जोगिन मद्दत गर्दछ, जसले बजार प्रतिस्पर्धामा सहयोग गर्दछ। युरोपियन यूनियनको पछिल्लो २०२० को डिजिटल मार्केट ऐन र डिजिटल सर्भिस ऐनमा केही नयाँ विशेषता हुन सक्छ। यसमा सामाजिक सञ्जाल र अनलाइन बजार सहितका ठूला प्राविधिक ‘गेटकिपर’हरुका लागि केही परिस्थितिमा आफ्ना ग्राहकहरुलाई आफ्नो डाटा विभिन्न प्लेटफर्ममा पोर्ट गर्न सजिलो बनाउनका लागि तेस्रो पक्षिय अन्तरक्रियात्मक आवश्यकता समावेश गरिएको छ।

(अन्तरराष्ट्रिय मुद्रा कोषको स्प्रिङ्ग २०२१ इस्यू अफ फाइनान्स एण्ड डेभलपमेन्ट म्यागेजिनमा प्रकाशित यान क्यारिरी स्वालो र विक्रम हक्सरको लेख) (सीएनएनबाट अनुवादित)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।