फागुनसम्ममा वाणिज्य बैंकहरुको नाफा झण्डै ४२ अर्ब, ग्लाेवल आइएमईलाई उछिन्याे नबिलले

Apr 02, 2021 04:36 PM Merolagani



रबिन पाैडेल

चालु आर्थिक वर्षको फागुन महिनासम्ममा वाणिज्य बैंकहरुले ४१ अर्ब ९५ करोड रुपैयाँ नाफा गरेका छन्। केन्द्रिय बैंकको तथ्याङ्क अनुसार फागुन महिनामा मात्रै वाणिज्य बैंकहरुले ६ अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाएका हुन्।

माघ अन्तिमसम्ममा ३५ अर्ब ९५ करोड रुपैयाँ नाफा कमाएका बैंकहरुले फागुन अन्तिमसम्म आइपुग्दा नाफा ६ अर्ब ३३ लाख रुपैयाँले बढाएका छन्। पुस अन्तिमसम्ममा बैंकहरुले ३० अर्ब ९१ करोड रुपैयाँ खुद नाफा कमाएका थिए।

फागुनमा नाफा धेरै बढाउनेमा एनआइससी एशिया बैंक सबैभन्दा अगाडि देखिएको छ। उसले एक महिनामा नै झण्डै १ अर्ब रुपैयाँले नाफा बढाएको केन्द्रिय बैंकले जनाएको छ। माघ अन्तिमसम्ममा १ अर्ब ८४ करोड रुपैयाँ कमाएको बैंकले फागुन अन्तिमसम्ममा २ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएको छ।

  • सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक, दोस्रोमा ग्लोबल

केन्द्रिय बैंकको तथ्याङ्क अनुसार फागुन अन्तिम सम्ममा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकले फागुन मसान्तसम्ममा ३ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

अघिल्लाे महिना माघसम्ममा सबैभन्दा धेरै नाफा कमाउने बैंकको पहिलो स्थानमा ग्लोबल आइएमई बैंक रहेको थियो। फागुनसम्ममा भने ग्लोबललाई उछिन्दै नबिल सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको हो।

यस अवधिमा ग्लोबल आइएमई बैंकले ३ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएको छ। त्यस्तै एनआइसी एशिया बैंक धेरै नाफा कमाउने बैंकको तेस्रो स्थानमा देखिएको छ। फागुन अन्तिमसम्ममा बैंकले २ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएको छ।

त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब ४३ करोड, प्राइम कमर्शियल बैंकले २ अर्ब ४० करोड र एनएमबि बैंकले २ अर्ब १९ करोड रुपैयाँ नाफा कमाएका छन्। अन्य बैंकको नाफा भने २ अर्ब रुपैयाँभन्दा तल रहेको छ।

२७ वाणिज्य बैंकमध्ये ८ वटा बैंकको नाफा भने १ अर्ब भन्दा पनि तल रहेको देखिएको छ। फागुन अन्तिमसम्म सिभिल बैंकको नाफा सबैभन्दा थोरै ३४ करोड रुपैयाँ रहेको छ भने सेञ्चुरी बैंकले ६६ करोड, नेपाल एसविआई बैंकले ७६ करोड र नेपाल बंलादेश बैंकले ८० करोड रुपैयाँ नाफा कमाएका छन्।

  • गत वर्षको तुलनामा भने घट्यो

गत आर्थिक वर्षको फागुनमसान्तको तुलनामा भने यस वर्षको सोही अवधिमा बैंकहरुको नाफा सामान्य घटेको देखिएको छ। कोरोनाको असर र बैंकहरुको आम्दानीमा आएको गिरावटको कारण बैंकहरुको नाफा सामान्य घटेको देखिएको हो।

गत आर्थिक वर्षको फागुन मसान्तसम्ममा बैंकहरुले ४२ अर्ब ४० करोड रुपैयाँ नाफा कमाएकोमा यस वर्ष नाफा १.०४ प्रतिशतले घटेको हो।

अब भने कारोनाको असर विस्तारै कम हुँदै गएको छ। कतिपय उठ्न नसकेका कर्जाहरू पनि उठ्ने क्रममा छन्। तर पछिल्लो समय कोभिडको असर कम हुँदै गएको भएपनि बैंकहरु बीचको प्रतिस्पर्धाका कारण भने बैंकहरुको नाफामा केहि असर परेको बैंकर एशोसियसनका अध्यक्ष भुवन दाहाल बताउँछन्।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।