कोरोना बीमा अब आवश्यक छैनः प्रधानमन्त्री ओली

Apr 02, 2021 04:15 PM Merolagani



प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना बीमा आवश्यक नभएको बताएका छन् । मेलम्ची खानोपानी वितरणको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन् ।

प्रधानमन्त्री ओलीले अहिले सरकारले निशुल्क उपचार र खोप वितरण गरिरहेकाले कोरोना बीमा आवश्यक नभएको बताए । 

'स्वाव परीक्षण, उपचार निशुल्क गरेपछि बीमा आवश्यक थिएन । तर हडबढीमा बीमा गरीयो त्यसलाई अब सच्याउन जरुरी छ ।' प्रधानमन्त्री ओलीले भने ।

बीमा समितिको निर्देशन अनुसार निर्जीवन बीमा कम्पनीहरुले बैशाख ७ गतेदेखि कोरोना बीमालेख बिक्री सुरु गरेका थिए । समितिले सामाजिक उत्तरदायित्व अन्तरगत कोभिड १९ बाट उत्पन्न हुन सक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न भन्दै ५० हजार र एक लाख रुपैयाँ बीमांकको दुई बीमालेख बिक्री गर्दै आएका छन् ।

समितिले भदौ २९ गते देखि बीमा मापदण्ड संशोधन गर्दै दाबी भुक्तानीमा परिमार्जन गरेको छ । त्यस अनुसार भदौ २८ गते भित्र बीमा गरेका बीमितहरूले बीमांक बराबरको दाबी रकम प्राप्त गर्नेछ ।

भदौ २९ गते पछि बीमा गरेका बीमितले भने कोरोना संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बस्नु परेमा राहत खर्च वापत बीमांकको २५ प्रतिशत वा अस्पताल भर्ना भएर आइसोलेसनमा बस्नु परेमा चिकित्सकले प्रमाणित गरे अनुसार औषधीपचार खर्च वापत अधिकतम बीमांक रकमको ७५ प्रतिशत मात्रै पाउने व्यवस्था छ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।