आइएमई जनरल इन्स्योरेन्सले बाेनस पछि हकप्रद निष्काशन गर्ने प्रस्ताव सहित साधारण सभा बोलायो, चुक्ता पूँजी एक अर्ब ६२ करोड पुग्ने

Apr 03, 2021 11:11 AM Merolagani

आइएमई जनरल इन्स्योरेन्स (IGI) ले ७ प्रतिशत बाेनस पछि हकप्रद निष्काशन गर्ने विषेश प्रस्ताव सहित वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले २०७८ बैशाख १२ गते विहान १० बजे केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा २३ औं वार्षिक साधारण सभा बोलाएको हो ।

कम्पनी सञ्चालक समितिबाट प्रस्ताव गरेको चुक्ता पूँजी एक अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँ ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३९ लाख ८६ हजार ८४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ । बोनस वितरण पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब १५ करोड ७६ लाख ६४ हजार रुपैयाँ पुग्नेछ ।

कम्पनी उक्त बोनस शेयर वितरण गरेपछि कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्काशन गर्ने गर्ने प्रस्ताव गरेको छ । साधारण सभाबाट १ को अनुपालमा ०.४ को दरले हकप्रद जारी गर्न कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नेछ ।

बोनस पछि कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्काशन पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ६२ करोड ६ लाख ९० हजार रुपैयाँ पुग्नेछ र

यस्तै कम्पनीले शेयर संरचना पनि परिवर्तन गर्ने प्रस्ताव गरेको छ । हाल कायम संस्थापक शेयर स्वामित्व ६० बाट ५१ प्रतिशतमा घटाउने र सर्वसाधरणको शेयर स्वामित्व ४० बाट ४९ प्रतिशत पुर्याउने प्रस्ताव पनि पारित गर्दैछ ।

साधारण सभाले कम्पनीको स्वतन्त्र सञ्चालकको रुपमा कृष्ण प्रसाद शर्मालाई नियुक्त गरिएको निणर्यलाई अनुमोदन गर्नेछ ।

कम्पनीले लाभांश तथा साधरण सभा प्रयोजनको लागि २०७८ बैशाख १ गते देखि बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार २०७७ चैत ३१ ग्ते सम्म कायम शेयरधनीले कम्पनीको बोनस पाउनेछन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।