फेरी बढ्याे पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुग्यो

Apr 04, 2021 09:07 PM Merolagani

नेपाल आयल  निगमले आज आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर २ रुपैयाँले बढाएको हो ।

 
त्यसअनुसार अब पेट्रोलकाे मूल्य प्रतिलिटर १२० रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १०३ रुपैयाँ कायम भएकाे छ । 
 
निगमले  खाना पकाउने ग्यासर र हवाई इन्धनको मूल्य भने यथावत कायम राखेको छ ।
comments powered by Disqus

घोषणापत्र थमाउँदै एमालेका नेताले अर्थमन्त्रीलाई भने,‘यसैलाई मूलमन्त्र ठानेर बजेट ल्याउनुस’

Apr 18, 2021 05:59 PM

अर्थमन्त्रालय बजेट तर्जुमाका लागि जुटिरहेका बेला सरोकारबालाहरुले दिएका सुझावको ‘चाङ’ लागेको छ । अर्थमन्त्रालयले सार्वजनिक सूचना नै निकालेर आर्थिक वर्ष २०७८/७९ को बजेट तथा कार्यक्रमको लागि सुझाव दिन आब्हान गरेपछि सरोकारवालाले दिएको सुझावको चाङ नै लागेको हो ।