नागरिक लगानी कोष र नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर पुनः लिलाम बिक्री गर्दै एनआईसी एशिया बैंक

Apr 05, 2021 08:39 AM Merolagani



एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष र नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलाम बिक्री गर्ने भएको छ।

बैंकले नागरिक लगानी कोष (CIT) को ५० हजार कित्ता र नेशनल लाइफको ५५ हजार ८६६ कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्न लागेको हो। सो शेयर खरिदका लागि आज (चैत २३ गते) देखि ३१ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

नागरिक लगानी कोषको संस्थापक शेयरको मूल्य १ हजार ५२९ रुपैयाँ तोकिएको छ भने नेशनल लाइफ इन्स्योरेन्स (NLICL) को ४६६ रुपैयाँ तोकिएको छ। त्यसैले, लगानीकर्ताहरुले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने सोभन्दा माथि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

सो शेयर खरिदका लागि बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका साथै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय, ट्रेड टावर, थापाथली काठमाडौँ, तथा विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र विरेन्द्रनगर शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सकिनेछ।

यस अघि बैंकले नागरिक लगानी कोषमा ५० हजार कित्ता र नेशनल लाइफको ६१ हजार ३६६ कित्ता संस्थापक शेयर खरिदका लागि चैत १० गतेदेखि १८ गतेसम्म शिलबन्दी बोलपत्र आव्हान गरेको थियो। बैंकले सो बेला नागरिक लगानी कोषको १ हजार ५४० रुपैयाँ र नेशनल लाइफ इन्स्योरेन्सको ४६६ रुपैयाँमा खरिद आव्हान गरेको थियो।




सुनकाे मूल्यमा भारि गिरावट र चाँदीको मूल्य पनि घट्याे

Feb 13, 2026 11:11 AM

फागुन १ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । यस दिन सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा ३४० रुपैयाँले घटेको हो ।