अब काठमाडौं प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण अनिवार्य

Apr 05, 2021 04:06 PM Merolagani



जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) काठमाडौंले जिल्ला प्रवेश गर्ने नाकाहरुमा स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण गर्न आवश्यक हेल्थ डेस्कको व्यवस्था गर्न मातहतका नगरपालिकालाई निर्देशन दिएको छ ।

एन्टीजेनमा पोजेटिभ देखिएकालाई पीसीआर परीक्षणका लागि स्वाब पठाउन पनि निर्देशन दिएको छ ।

डीसीसीएमसीको सोमबार बसेको बैठकले सार्वजनिक स्थानमा गरिने कार्यक्रमलाई स्थगित गर्न पनि निर्देशन दिएको छ र गर्नैपरे स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरिएको छ ।

सबै महानगरपालिकामा संचालित आइसोलेसन र क्वारेन्टिन सेन्टरलाई अद्यावधिक राख्न पनि भनिएको छ ।

साथै नगरपालिकाभित्र एकएकवटा आइसोलेसन र क्वारेन्टिनको संचालन तथा व्यवस्थापन गर्नपनि भनिएको छ ।

स्वास्थ्य मापदण्ड पालना नगर्ने निकायलाई दण्ड एवं जरिवाना गर्ने निर्णय पनि बैठकले गरेको छ




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।