एलजी इलेकट्रोनिक्सले मोबाइल कम्पनी बन्द गर्ने

Apr 05, 2021 06:56 PM Merolagani



दक्षिण कोरियाली कम्पनी एलजी इलेकट्रोनिक्सले आफ्नो मोबाइल कम्पनी बन्द गर्ने भएको छ । कम्पनीलाई घाटा भएपछि उक्त डिभिजन बन्द गर्ने कम्पनीले जनाएको छ । यो बन्द हुने विश्वकै पहिलो स्मार्ट फोन ब्राण्ड हो । 

कम्पनी २०२१ अप्रिल ५ मा मोबाइल निर्माणबाट पछि हट्ने भएको छ । कम्पनीको यस निर्णयले दक्षिण अमेरिकामा भएको यसको शेयर १० प्रतिशत छोडिनेछ । यस कम्पनी उत्तरी अमेरिकामा एलजी ब्राण्डका आधारमा तेश्रो नम्बरमा छ जुन एप्पल इंक र स्यामसंग इलेक्ट्रोनिक्सद्वारा पछि पारिएको छ ।

एलजीको मोबाइलले करिब ६ वर्ष देखि ४.५ बिलियन डलर नोक्सानी बेहोरिरहेको कम्पनीले जनाएको छ । प्रतिस्पर्धात्मक बजारबाट हात निकाल्दा यस कम्पनीले विद्युतिय सवारीसाधन, सम्बन्धित उपकरण तथा स्मार्ट होम्स लगायतका क्षेत्रमा केन्द्रित हुने जनाएको छ ।

समय अनूकूल हुँदा एलजीले सुरुवातमा अल्ट्रा वाईड क्यामरा एंगलसहित बजार प्रवेश गरेको थियो र सन् २०१३ मा एपपल र स्यामसंगपछि विश्वको ठुलो स्मार्टफोन निर्माता कम्पनी बनेको थियो । तर पछि यसको फ्ल्यागशिप मोडल सफ्टवयर र हार्डवयरबाट दुर्घटनाग्रस्त हुँदा सफ्टवेयर अपडेट शुस्त हुन पुग्याे र कम्पनी बिस्तारै ओरालो लाग्यो । अन्य चिनियाँ प्रतिस्पर्धी कम्पनीहरुको तुलनामा यस कम्पनी बजारीकरणमा पनि पछि रहेको विश्लेषकहरुले आलोचना गरेका छन् ।

हाल यस कम्पनीको विश्वव्यापी शेयर केवल २ प्रतिशत रहेको छ । गत वर्ष यसले २३ मिलियन फोन उत्पादन गरी बजार पठाएको थियो । स्यामसंगले भने सो समयमा २५६ मिलियन मोबाइल फोन बजारमा आपूर्ति गरेको थियो । उत्तरी अमेरिकामा मात्र नभई यस कम्पनीको फोनको ल्याटिन अमेरिकामा पनि ठुलाे उपस्थिती रहेको छ जहाँ यो ब्राण्डका आधारमा पाचौं स्थानमा छ ।

दक्षिण अमेरिकामा भने स्यामसंग र ओप्पो, भिभो, जिओमी जस्ता चिनियाँ कम्पनीहरुले नाफा कमाउने आशा गरिएको छ । यस्तै नोकिया, एचटिसी र ब्ल्याकबेरी पनि खस्किएको छ ।

दक्षिण कोरियामा यस डिभिजनका कर्मचारीहरुलाई अन्य एलजी इलेक्ट्रोनिक्सका व्यवसायमा स्थानतरण गरिने भएको छ भने कर्मचारीका विषयमा अन्य निर्णय स्थानिय तहमा हुनेछ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।