"एनआईबिएल सहभागिता फण्ड“काे लाभांश पुन: लगानी गर्न सकिने

Apr 06, 2021 01:19 PM Merolagani



एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित "एनआईबिएल सहभागिता फण्ड“  (NIBLSF) नामक खुलामुखी योजनामा इकाईधनीहरुलाई लाभांश पुनः लगानी योजना (डिभिडेन्ड रिइन्भेष्टमेन्ट प्लान) सञ्चालनमा ल्याएकाे छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक कोष प्रबर्धक तथा एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक रहेको यस याेजनामा इकाईधनीहरुले पाउने लाभांश पुनः लगानी गर्न सकिने व्यवस्था गरेकाे हाे।इकाईधनीहरुले आफुले प्राप्त गर्ने लाभांश (कर तथा निर्धारित कारोबार शुल्क कट्टी पछि) बराबरको रकमबाट यसै योजनाका थप इकाईहरु खरिद गर्न सक्ने व्यवस्था मिलाइएको हाे । साथै चालु आर्थिक वर्ष वा आगामी आर्थिक वर्षहरुमा समेत वितरण गरिने लाभांशको दर्ता किताब बन्द हुने बुकक्लोज मितिका दिनसम्म लाभांश पुनः लगानी योजना अन्तर्गत नाम दर्ता गराउने इकाईधनीहरुले मात्र यो सुविधा प्राप्त गर्न सक्नेछन् ।

लाभांश पुन : लगानी योजनामा दर्ता गर्ने प्रकृया यस प्रकार रहेकाे छ :

१) एनआईबिएल एस क्यापिटल लिमिटेडका सम्पूर्ण शाखाहरु तथा तोकिएका वितरकहरु मार्फत फाराम भरी योग्य इकाईधनीहरुले आफ्नो नाम दर्ता गराउन सकिनेछ ।

२) योग्य इकाईधनीहरुले अनलाईन लिंक https://mutualfund.niblcapital.com/ मा गई लाभांश पुनः लगानी योजना दर्ता फाराम मार्फत आफ्नो सम्पूर्ण विवरण भरी नाम दर्ता गराउन सकिनेछ ।

३) आफ्नो हितग्राही खातामा रहेको ईमेल ठेगाना मार्फत निम्न बमोजिमको विवरण उल्लेख गरी उल्लेखित ठेगानामा ईमेल पठाउन सकिनेछ ।

यसैगरी ईमेलमा उल्लेख गर्नुपर्ने विवरण यस्ताे रहेकाे छ  :
ईमेल विषय : लाभांश पुन – लगानी योजना
ईमेल ठेगाना : drep.mutualfund@niblcapital.com

इकाईधनीको पुरा नाम :
इकाईधनीको हितग्राही खाता न :
इकाईधनीको सम्पर्क नम्बर :




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।