मेरो शेयरको समस्या, लगानीकर्ता तनावमा

Apr 06, 2021 04:47 PM Merolagani

पछिल्ला केहि दिनदेखि मेरो शेयर राम्रोसँग नचल्दा लगानीकर्ताहरु समस्यामा परेका छन् । दाेस्रो बजारमा बिक्री गरेको शेयर इडिआईएस गर्नकै लागि धरै समस्या हुने गरेको लगानीकर्ताहरु बताउने गरेका छन् ।

आफूले बिक्री गरेको शेयर समयमा भुक्तानी गर्न नपाउदा क्लोज आउटमा पर्ने हो की भन्ने तनाव बढ्ने गरेको लगानीकर्ताले बताउने गरेका छन् । अहिले नेप्से सूचक इतिहासकै उच्च विन्दुमा पुगेर कारोबार भइरहेको छ । शेयरको मूल्य उच्च भएको समयमा बिक्री गरेको शेयर क्लोज आउटमा पर्ने होकी भन्ने त्रासमा लगानीकर्ताहरु देखिन्छन् ।

यता, मेरो शेयरमा स्तरोन्नतीको काम भईरहेको सीडीएससिले जानकारी गराएको छ । स्तरोन्नति गर्ने क्रममा मेरो शेयरको सिस्टममा आएका समस्या समाधानका लागि आफूहरु दिन रात नभनी काम गरिरहेको सीडीएससिका प्रवक्त सुरेश न्यौपानेले बताए।

मेरो शेयरमा देखिएको समस्याको अब दिगो समाधान गर्ने तर्फ आफूहरु लागिरहेको न्यौपानेको भनाई छ । मेरो शेयरमा उक्त सिस्टम अपग्रेड गरेपछि समस्याको समाधान हुने सिडिएससिले बताइएको छ ।

अहिले कम्पनीहरुको आईपिओ पनि निष्काशन हुने र दोस्रो बजार पनि बढेको मौका हुँदा सिस्टममा अत्याधिक चाप बढेर यस्तो समस्या देखिने गरेको न्यौपानेले बताए ।

अहिले मेरो शेयरमा प्रयोगकर्ताहरु अत्याधिक बढ्दा प्राविधिक समस्या आएको न्याैपानेले बताए । यसको समाधानका लागि थप सर्भरहरु जडान गर्नका लागि आफूहरु लागिरहेको न्यौपानेले बताए । सिस्टममा सर्भरहरु जडाको काम यसै हप्ताभित्रमा सकिने न्यौपानेले जानकारी गराए ।

यसरी मेरो शेयरमा देखिने पटक पटकको समस्या प्रति नियामक निकायले नजरअन्दाज गर्ने गरेको लगानीकर्ताहरुको आरोप छ । दैनिक अर्बौ रुपैयाँको कारोबार हुने सम्वेदनशील बजारमा आउने समस्या प्रति सम्बन्धीत सरोकारवाला निकायको ध्यान केन्द्रित नहुनुले दुखी बनाउने गरेको लगानीकर्ताहरुको भनाई छ ।

यसरी पटक पटक मेरो शेयरमा समस्या हुँदा लगानीकर्ताहरु इडिआईएस गर्न नसकिने पो हो कि भन्ने डरमा शेयर कारोबार गर्न बाध्य हुनु परेको छ । मेरो शेयरमा देखिएको समस्या प्रति सामाजिक सञ्जाल देखि यत्रतन्त्र लगानीकर्ताहरुले असन्तुष्टि पोख्ने गरेको देख्न र सुन्न पाईन्छ ।

टी प्लस टु भित्रमा कारोबार राफसाफ गर्न नसकिने हो की भन्ने मनमा तनाव भईरहने लगानीकर्ता केदार सिवाकोटी बताउछन् । यसरी बारम्बार मानसिक तनावमा लगानीकर्ताहरु पर्दा समेत सरोकारवाला निकाय चुपचाप बस्नुले आफूहरुलाई दु:खी बनाउने गरेकोे सिवाकोटीले बताए ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।