ज्योति लाइफ इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबारमा आउने

Apr 06, 2021 02:43 PM Merolagani



ज्योति लाइफ इन्स्योरेन्स शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

मंगलबार कम्पनीले सार्वसाधारणलाई निष्काशन गरेको ६६ लाख कित्ता सहित २ कराेड २० लाख  कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले सूचीकरण सम्झौता भएको दोस्रो दिनबाट कम्पनीको शेयर कारोबारमा आउने जनाएको छ । त्यस अनुसार भोलि बुधबार देखि कम्पनीको शेयर कारोबारमा आउनेछ ।

कम्पनीको पहिलो कारोबारको लागि नेप्सेमा १२० रपैयाँ २९ पैसा देखि ३६० रपैयाँ ८७ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ । त्यस अनुसार बुधबारको कारोबार खुल्नेछ ।

कम्पनीको शेयरलाई नेप्सेले जेएलआई कारोबार संकेत दिएको छ ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।