कोभिडपछिको वित्तीय जंगलमा भेटिने ५ जनावर

Apr 06, 2021 05:54 PM Merolagani

विश्व कोभिड पछिको युगतिर अघि बढ्दै जाँदा आर्थिक रिकभरी सरकार र व्यवसायका लागि सबैभन्दा पहिलो प्राथमिकता भएको छ र यसले स्पष्ट पारेको छ कि वित्तीय साक्षरता र शिक्षा एक आवश्यकता हो।

बियर मार्केट, बुल मार्केट, क्यास काउ र टेक युनिकन्र्सहरु जस्ता शब्दहरु तपाईले वित्तीय बजारमा सुनिरहनु भएको होला। तर, त्यसबाहेक पनि धेरै जनावरहरु वित्तीय पेजहरुबाट हाम्रो दैनिक संवादहरुमा आउन थालिसकेका छन्।

यस्तो अवस्थामा कोभिड पछिको विश्वमा हामीले बुझ्नुपर्ने पाँच प्रतिकात्मक जनावरहरु यहाँ प्रस्तुत गरिएको छ।

लेमिङ्ग इन्भेष्टर्स

लेमिङ्ग आर्टिकमा पाइने एक सानो जनावर हो र यो अज्ञानतामा नै चट्टानहरुबाट हामफालेर सामूहिक आत्महत्या गर्ने मिथ्यासँग सम्बन्धित छ।

यो त्यस्ता लगानीकर्ताहरुलाई व्याख्या गरिने शब्द हो, जो भिडमा फस्न सक्छन्। जब कुनै कम्पनी वा स्टकको शेयरमा आकर्षित हुन्छन्, तब लेमिङ्गहरु हामफाल्छन्। जस्तो की विश्वले देखेको छ रेडिटरहरुलाई जसले जनावरीमा गेमस्टपको मूल्य बढाएका थिए।

‘महामारीबाट नराम्ररी प्रभावित भएको यस कम्पनीको आधारभूत अवस्था नै नहेरी धेरै स्पेकुलेटरहरु गेमस्टपमा झुम्मिएका थिए,’ हारग्रीभ्स लान्सडाउनका विश्लेषक सुजाना स्ट्रीटरले भनिन्।

‘सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिहरुको लहलहैमा लागि कुनै गृहकार्य नै नगरी ती व्यक्तिहरुलाई पछ्याउने ट्रेडरहरुको ट्रेण्डलाई पनि लेमिङ्ग जस्तो व्यवहार भन्न सकिन्छ। उनीहरु पनि लेमिङ्गहरु जस्तै जोखिममा हुन्छन्, जो त्यस्ता व्यक्तिहरुको वित्तीय पहाडमा पछि लाग्छन्।’

ग्रे राइनोज

विश्वमा एक ठूलो विवाद चलेको थियो कि महामारी एक ब्ल्याक स्वान (एक उच्च प्रभावशाली घटना जसले पछिको समयमा बढी अर्थ राख्दछ) हो कि एक ग्रे राइनो (केहीको बारे केही गर्नुपर्ने वा आशा गर्नुपर्ने) हो।

मिशेल वकर एक नीति विश्लेषक र लेखक हुन् जसले ग्रे राइनोको अवधारणा अघि सारेका थिए।
‘ग्रे राइनो एक ठूलो र डरलाग्दो जनावर हो जसको सिङ्ग तपाईतिर फर्किएको हुन्छ र जसले तपाई के गर्ने भन्ने विकल्प दिन्छः घाइते भइ बाहिरिने वा यसको शक्तिको उपयोग गर्ने,’ उनी भन्छिन्।

चिनियाँ अधिकारीहरु यस राइनोको अवधारणबाट यति मोहित भए कि अब यसलाई दृढतापूर्वक देशको वित्तीय रणनीतिमा समाहित गरिसकेका छन्। राष्ट्रपति सी जिनपिङले सम्पूर्ण मुलुकलाई आगामी वर्षहरुमा ग्रे राइनो र ब्ल्याक स्वान गतिविधिहरुका लागि तयार हुन र आकस्मिक योजनाहरु बनाउन प्रोत्साहित गरिसकेका छन्।

यसैबीच, यो अवधारण व्यवसायभन्दा पर मनोविज्ञान र अन्य क्षेत्रहरुसम्म पुगिसकेको छ र यसको जिकिर दक्षिण कोरियाको सुपरब्याण्ड बिटिएसको एक गीतमा पनि गरिएको छ।

र बिल गेट्सजस्ता व्यक्तित्वहरुको महामारीको अवधि लामो समयसम्म चल्ने चेतावनीसँगै राइनो अवधारणाको लोकप्रियता झन् बढेको छ।

वकर आफ्नो अवधारणा भविष्य प्रुफिङ्गको बारेमा भएको सुझाउँछिन्, ‘ग्रे राइनो महत्वपूर्ण छ किनकी यसले भविष्यतर्फ ध्यान केन्द्रित गराउँदछ। यो ब्ल्याक स्वान, जो पछिको समयमा मात्र देखिन्छ र जसले गर्दा तपाईलाई यसले बन्द गर्ने मौका दिँदैन, त्यसको विपरित छ।’

स्ट्याग इन्भेष्टर्स

स्ट्याग त्यस्तो लगानीकर्ता हो जो छिटो दौडिनु अघि ‘हट डिल’ गरी छिटो कमाउन चाहन्छ।

लेखक विलियम मेकपीस ठाकरेले सन् १८४५ मा आफ्नो कविता ‘अ डो इन द सिटी’ मा ट्रेडरहरुलाई अंकित गर्दै ‘अल द स्ट्याग्स इन कपेल कोर्ट’ भनि लेखेपछि यो शब्द प्रयोगमा आएको हो।

जब कम्पनी पब्लिकमा जान्छ, यसका शेयर खरिदबिक्रीका लागि स्टक एक्सचेञ्जमा सूचीकृत हुन्छ। स्ट्याग उत्सुक हुन्छन् र प्रारम्भिक चरणमा नै सहभागी हुन सक्छन्। उनीहरुको मूख्य उद्देश्य नै खरिद गर्ने र बिक्री गरिहाल्ने हुन्छ।

पछिल्लो समय स्टक मार्केटमा सूचीकृत भएका नयाँ शेयर (आईपीओ) ले लगानीकर्ताहरुलाई आकर्षित गरिरहेको एजे बेलका इन्भेष्टमेन्ट रिसर्च डिरेक्टर, सर मोल्ड बताउँछन् किनभने ती स्टकहरुले छिटो गति लिइरहेको छ र धनी बनाउने सम्भावना पनि देखिन्छ।

मोल्ड अनलाइन फुड डेलिभरी प्लेटफर्म डोरड्यासलाई एक त्यस्तो उदाहरण मान्छन्, जो स्ट्यागहरुका लागि एक ‘उब्जाऊ क्षेत्र’ प्रदान गर्दछ। सन् २०२० डिसेम्बरमा जब यो न्यू योर्क स्टक एक्सचेञ्जमा सूचीकृत भएको थियो, तब त्यसको शेयरमूल्य आकाशिएको थियो।

तर, प्रिफेनियम पार्टनर्सका संस्थापक अल्पेश पटेल स्ट्याग रणनीति जोखिमपूर्ण हुनसक्ने चेतावनी दिन्छन्, किनभने आईपीओमा प्रारम्भिक पहुँच त्यति सजिलो छैन। त्यसैले, सफलता निश्चित छैन।
केही व्यक्तिहरुले आईपीओमा लगानी गर्नेहरुलाई स्ट्याग इन्भेष्टर बताउँदै गर्दा केहीले भने त्यसलाई फराकिलो अवधारणाले वर्णन गरिरहेका छन्।

ह्याम्स्टरकफ

महामारी फैलने बित्तीकै जर्मन शब्द ह्याम्स्टरकफ – ह्यामस्र्न (सञ्चय) र कफेन (खरिद) मिलेर बनेको शब्द जुन दोस्रो विश्वयुद्धमा उत्पन्न भएको थियो, विश्वभरी नै प्रख्यात बन्यो।

सञ्चयको लागि जर्मन शब्द, ह्यामस्टर आफैले स्टक थुपार्ने लगानीकर्ताहरुलाई बुझाउँछ, त्यसैले यो कुनै आश्चर्य होइन कि यस वाक्यांशले विश्वभरी सुपरमार्केटका सबै दराजहरु खाली गर्नेहरुका लागि प्रयोग गरिन्छ।

यो शब्द प्यानिक बाइङ्गसँग सम्बन्धित भएकोले, यस वाक्यलाई बिदाको लागि बन्द हुन लागेको पसलमा हुने हतारोलाई वर्णन गर्न प्रयोग गरिन्छ।
एजे बेलका रस मोल्ड भन्छन् लकडाउनको शुरुवातमा ग्राहकहरु जब ट्वाइलेट पेपर र खानेकुराहरु थुपार्नतर्फ केन्द्रित भएका थिए, त्यतिखेर सरकारको सञ्चय सूचीमा खोप र त्यसलाई बनाउन आवश्यक कच्चा पदार्थ थियो।

ह्याम्स्टरकफ व्यवहारलाई अर्को तरिकाले पनि हेर्न सकिने सुजाना स्ट्रीटर बताउँछिन्। किनभने विगतका वर्षहरुमा केही मानिसहरुले आफ्नो गुँड बढेसँगै फाइदा भएको देखिएको थियो।

‘ह्याम्सटर जस्तो प्रवृत्ति बचतको मामलामा पनि प्रचलित छ, अधिकांशले नगदलाई आफ्नो खातामा जम्मा गरे, आउँदो संकटका लागि लचकता बढाउनेका लागि आपतकालिन धन निर्माण गरे,’ उनी भन्छिन्।

‘वुल्फ वोरियर’ कूटनीति

विगतमा जब कुनै सरकार वा वैदेशिक कार्यहरुको कुरा आउदा चीन एक अस्पष्ट र रहस्यमय हुने अपेक्षा गरिएको थियो।

तर, अहिले त्यस्तो छैन। वास्तवमा अष्ट्रेलिया र अमेरिकासँगको युद्धमा चीनले गरेको व्यवहारको वर्णन गर्न अन्तरराष्ट्रिय मिडियाहरुले एक नयाँ जनावरहरुको प्रयोग गरे र यो ‘वुल्फ वोरियर’ कूटनीतिको रुपमा महामारीलाई चलाउने तरिकाको बारेमा हरेक आलोचनाको तुरुन्तै खण्डन गर्दछ।

चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता लिजिन जाओ र हुआ चुनयिङले यस समूहको नेतृत्व गरेका छन्, यसलाई प्रख्यात चिनियाँ राम्बोजस्तो एक्सन फिल्म वुल्फ वोरियरपछि नामाकरण गरिएको हो।

‘चीनको वुल्फ वोरियर प्रवृत्ति त्यतिबेला प्रष्ट रुपमा देखिएको थियो जतिबेला ठूलो प्राविधिक कम्पनी हुवावेलाई फाइभ जी नेटवर्कमा सहभागि नगराउने निर्णयको प्रतिरक्षा गरेको थियो,’ सुजाना स्ट्रीटर भन्छिन्।

तर, बीबीसीका चीन मिडिया विश्लेषक केरि एलेन भन्छन्, ‘यसबाहेक तपाईले कहिले पनि ‘वुल्फ वोरियर डिप्लोमेसि’ शब्दलाई चिनियाँ मिडियामा उपयुक्त रुपमा प्रयोग गरेको देख्नसक्नुहुन्न।’
(बीबीसीबाट अनुवादित)

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।