कपिराइट विवादमा गुगलले पायो ओरेकलमाथि जीत

Apr 06, 2021 05:26 PM Merolagani

अमेरिकाको उच्च अदालतले कपिराइट विवादमा गुगलको पक्षमा फैसला गरेको छ । यसबाट प्राविधिक कम्पनीहरुले राहतको सास फेरेका छन् । अदालतका अनुसार गुगलले एन्ड्रोइड अपरेटिङ प्रणाली विकासका लागि कोडको नक्कल गरेर कुनै गल्ती गरेको छैन ।

यस प्रणालीको प्रयोग धेरैजसो स्मार्टफोनमा हुने गरेको छ । क्यालीफोर्नियास्थित विश्वका दुई चर्चित कम्पनीहरु ११ वर्षदेखि जुन मुद्दा लडिरहेका थिए, यसमा गुगलले जीत हासिल गरेको छ ।

के थियो मुद्दा ?

एन्ड्रोइडको विकासका लागि गुगलले नयाँ कम्प्यूटर कोडको लाखौं लाईन लेखेको थियो । जुन २००७ मा सार्वजनिक गरिएको थियो । यसबाहेक उसले ओरेकलको जावा प्लाटफर्ममा कपीराईटयुक्त कोडको ११ हजार ५०० लाइन पनि प्रयोग गरेको थियो । ओरेकलले यसकालागि गुगलले अरबौं डलरको भुक्तानी गर्नुपर्ने बताएको थियो ।

ओरेकलले सन् २०१८ मा सेन फ्रान्सिस्को फेडरल अदालतमा मुद्दा जितेको थियो । यसमा कम्पनीले ८ अर्ब डलरको क्षतिपूर्ति पाएको थियो । यसपटक पनि यदि ओरेकलले मुद्दा जितेमा २० देखि ३० अर्ब डलर पाउन सक्थ्यो ।

अदालतका अनुसार कोड नक्कल गर्नु उचित

अदालतले यस विषयमा ६-२ का साथ गुगलको पक्षमा फैसला गरेको छ । अदालतले कोड नक्कल गर्नुलाई उचित मानेको छ । यस फैसलाबाट कैयौं ठुला र साना प्राविधिक कम्पनीहरुले राहतको सास फेरेका छन् । उद्योगका चिरपरिचित कम्पनीहरू माइक्रोसफ्ट र आईबीएमले यस विषयमा गुगलको पक्ष लिएका थिए ।

ओरेकलले यस विषयमा फिल्म र रेकर्डिंङ उद्योगसँगै प्रकाशकहरुको साथ पाएको थियो । पूर्ववर्ती डोनाल्ड ट्रम्प प्रशासनले पनि ओरेकलको पक्ष लिएको थियो ।

गुगल र ओरेकल विश्वका दुई शिर्ष प्राविधिक कम्पनीहरु हुन् । यी दुबैको संयुक्त मूल्य १७५ अर्ब डलर भन्दा धेरै रहेको छ । यी कम्पनीहरु क्यालिफोर्निया स्थित कम्पनीहरु हुन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।