इसेवाबाट एयरलाइन्स् टिकट काट्दा शतप्रतिशत क्यासब्याक पाउन सकिने

Apr 07, 2021 02:01 PM Merolagani

भुक्तानी सेवा प्रदायक इसेवा मार्फत हवाइजहाज टिकट काट्दा शतप्रतिशत क्यासब्याक पाइने भएको छ । इसेवा मार्फत आन्तरिक तर्फको एयरलाइन्स्का कुनै पनि गन्तव्यको टिकट काट्ने यात्रु यस योजनामा सहभागी हुनेछन् ।

हरेक दिन तीन जनाले तीन हजारसम्मको टिकटमा शतप्रतिशत क्यासब्याक पाउनेछन् भने त्यसभन्दा माथिको टिकटमा तीन हजार रूपैयाँ छट पाउनेछन् । यो योजना ३१ चैतसम्म सञ्चालन हुनेछ ।

यस्तै 'जाउँ है पोखरा' अभियान अन्तरगत पोखरा जाने यात्रुहरुले एयरलाइन्स टिकट काट्दा टिकट बुकिङ, होटल तथा रेष्टुरेन्ट तथा साहसिक खेलहरूमा छुट प्राप्त गर्नेछन् । यात्रुहरुले इसेवा मार्फत टिकट काटिसकेपछि ‘जाउँ है पोखरा’ भन्ने विवरणमा क्लिक गरि यस्तो छुट पाइनेछ । होटल तथा साहसिक खेलमा छुट प्राप्त गर्नका लागि इसेवाबाट प्रि बुकिङ गर्नुपर्नेछ अथवा हवाइ टिकट देखाउनुपर्नेछ । अहिले पश्चिमाञ्चल होटल संघ पोखरा र इसेवाको सहकार्यमा 'जाउँ है पोखरा अभियान' अन्तरगत पोखरा घुम्न जानको लागि विभिन्न प्रवर्धनात्मक कार्यहरु भइरहेका छन् ।

मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४२ लाख नाघेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख १० हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या तीन लाख २ लाख नाघिसकेका छन् ।

इसेवाबाट इन्स्योरेन्सककाे प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकमजम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

comments powered by Disqus

राजनीतिक अस्थिरता र कोरोना भाइरस संक्रमण फैलिदै गएकाे अवस्थामा बजेट निर्माण गर्नु चुनौतिपूर्ण

Apr 19, 2021 06:54 PM

 डा. डिल्लीराज खनाल
अहिलेको गम्भिर बहस तथा छलफलको बिषय नै दोस्रो चरणको कोरोना भाइरस र यसले पार्ने प्रभावका बारेमा नै केन्द्रित हुन थालेको छ । पहिलो चरणको कोरोना भाइरसको संक्रमण पछि अर्थतन्त्र पुर्नस्र्थापनाको प्रक्रियामा थियो । सबैले भन्ने गरेको अर्थतन्त्रले ‘लय’ समाप्ने दिशामा लागेको थियो ।