लाभांश प्रस्ताव पारित गर्न रिलायन्स फाइनान्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले?

Apr 07, 2021 08:35 AM Merolagani



रिलायन्स फाइनान्स लिमिटेड (RLFL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न साधारण सभा डाकेको छ।

फाइनान्सले बैशाख २२ गते, लैनचौर बैंक्वेट, लैनचौरमा एघारौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा भर्चुअल माध्यमबाट सञ्चालन गर्ने फाइनान्सले जनाएको छ।

सभाले कुल चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसका साथै, अन्य उपयुक्त बैंक तथा वित्तीयसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फाइनान्सले बैशाख १० गते एक दिनको लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार बैशाख ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले फाइनान्सको साधारण सभामा सहभागिता जनाउनुका साथै फाइनान्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

हाल फाइनान्सको चुक्ता पूँजी ८३ करोड २४ लाख १६ हजार ६३ रुपैयाँ रहेको छ। १० प्रतिशतका दरले ८ करोड ३२ लाख ४१ हजार ६०६ रुपैयाँ बराबरको बोनस शेयर वितरण पश्चात फाइनान्सको चुक्ता पूँजी ९१ करोड ५६ लाख ५७ हजार ६६९ रुपैयाँ पुग्नेछ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।