सुन र चाँदी दुबैको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार?

Apr 07, 2021 12:16 PM Merolagani



बुधबार सुन र चाँदी दुबैको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघको अनुसार बुधबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ।

यस दिन छापावाला सुन प्रतितोला ८८ हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ भने तेजाबी सुन प्रतितोला ८७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ।

यस दिन चाँदी भने प्रतिताेला १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन मंगलबार चाँदी प्रतितोला १ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो।




नेप्सेमा 'ब्ल्याक फ्राइडे': एकै दिन १ हजार अंकको पहिरो, नेप्सेको प्राविधिक हालत !

Jul 24, 2026 04:01 PM

नेपाली शेयर बजारको इतिहासमा आज शुक्रवार शेयर बजारको कारोबार मापन गर्ने नेप्से सूचक एकै दिन १०००.९३ अंकले घटेर १७१७.७९ को विन्दुमा झरेको छ।