सुन र चाँदी दुबैको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार?

Apr 07, 2021 12:16 PM Merolagani



बुधबार सुन र चाँदी दुबैको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघको अनुसार बुधबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ।

यस दिन छापावाला सुन प्रतितोला ८८ हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ भने तेजाबी सुन प्रतितोला ८७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ।

यस दिन चाँदी भने प्रतिताेला १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन मंगलबार चाँदी प्रतितोला १ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।