पैसाको बारे फरक दृष्टिकोण दिने पुस्तक ‘साइकोलोजी अफ मनि’ को सारंश भाग ७

Apr 07, 2021 06:28 PM Merolagani

हरेक साता अर्थसँग सम्बन्धित पुस्तकहरुको सारंश प्रस्तुत गर्ने क्रममा विगत केही सातादेखि हामीले मोर्गन हाउसलले लेखेको पुस्तक ‘द साइकोलोजी अफ मनि’ को सारंशकाे प्रस्तुत गर्दै आएका छाैँ। पैसाको बारेमा फरक धारणा प्रस्तुत गर्ने यस पुस्तककाे यहाँ साताैँ तथा अन्तिम भाग प्रस्तुत गरिएकाे छ।

अध्याय १७ः निराशावादको प्रलोभन

निराशावाद आशावादजस्तै सहज छैन। यो स्मार्ट पनि सुनिन्छ। यसले बौद्धिक रुपमा मोहित पर्दछ र यसलाई आशावदभन्दा बढी ध्यान दिइन्छ जसलाई जोखिमको कारण हो भन्ने बेवास्ता गरिन्छ।

कसैलाई भन्नुहोस् कि सबै कुरा ठिक हुन्छ, र तिनीहरुले सम्भवतः तपाईलाई हप्काउनेछन् या शंकाको दृष्टिले हेर्नेछन्। कसैलाई भन्नुहोस् कि ऊ जोखिममा छ र तपाईले उसको अटुट ध्यान केन्द्रित गर्नुहुनेछ।

डेनियल केम्यान भन्छन्, ‘सकारात्मक र नकारात्मक अपेक्षा वा अनुभवको शक्तिका बीच को यो विषमताको विकासबादी इतिहास रहेको छ। जीवहरु खतरालाई अवसरभन्दा निकै जरुरी मान्छन्।

निराशावादले बजारको अवस्थालाई कसरी स्वीकार्ने भन्ने कुरा नहेरी वर्तमान ट्रेण्डलाई लम्ब्याउँछ। अध्याय १० को तेल अभावको कथा सम्झनुहोस्ः विद्वानहरु इन्धन दक्षता र सस्तो गर्ने अनुसन्धानमा असफल भए जबकी धेरै तेल उत्खनन्मा सफल भए।

त्यसैगरी, २००० को दशकमा जब तेलको मूल्य बढ्यो, तब तेल उत्खनन आर्थिक रुपमा सस्तो उपाय बन्न पुग्यो।

आवश्यकता सबै आविष्कारको आमा हो र मानवता अनन्त नवीन छ। मानिसहरु परिस्थिति र समस्याहरुसँग नयाँ उपाय तथा समाधानसहित लड्न तयार हुन्छ।

डरले समान परिमाणमा समाधानलाई प्रोत्साहित गर्दछ। यो आर्थिक इतिहासको एक साझा प्लट हो कि सिधा पूर्वानुमान गर्ने निराशावादीहरुले चाँडै बिर्सिन्छन्।

प्रगति सुस्त छ, तर प्रकोप र अवशानहरु छिटो र प्रभावकारी हुन्छ। यहाँ हरेक रात धेरै वियोगहरु हुन्छन्। तर रातारात चमत्कार भने कमै हुन्छन्।

विकासलाई कम्पाउण्डिङ्गले डो¥याउँछ जसले सँधै समय लिन्छ। विनाश असफलताको सानो विन्दुले निम्त्याउँछ, जुन एक सेकेण्डमा हुन्छ र आत्मविश्वास गुम्ने, जुन एकपलमै हुन्छ।

अध्याय १८ः जब तपाई जे पनि विश्वास गर्नुहुन्छ

जब तपाई केही कुरा सत्य होस् भन्ने चाहनुहुन्छ, तपाई त्यसलाई सत्य बनाउन हुने बाधकहरुलाई कम गर्ने हरेक कथाहरुमा विश्वास गर्ने अधिक सम्भावना हुन्छ।

सबैसँग विश्वको अपूर्ण परिदृश्य हुन्छ। तर, त्यो खाडललाई भर्न एक पूर्ण कथा बनाउँदछौँ।

इतिहासकार बि एच लिडेल हर्ट आफ्नो पुस्तकमा लेख्छन्, ‘हामी इतिहासबाट किन केही सिक्दैनौँ?’ ‘कल्पना र अन्तरज्ञानको सहायता बिना इतिहासको व्याख्या गर्न सकिँदैन। प्रमाणको सरासर मात्रा यति ठूलो छ कि चयन अपरिहार्य छ। जहाँ चयन हुन्छ, त्यहाँ कला हुन्छ। इतिहास पढ्नेहरु आफुलाई सही सावित गर्ने र आफ्ना व्यक्तिगत विचार सुनिश्चित गर्ने कुराहरुको खोजी गर्छन्।’

विगतलाई हेर्ने हाम्रो क्षमताले हामीलाई दुनियाँ बुझ्न सजिलो छ भन्ने भ्रम सिर्जना गर्दछ। यस्तो भ्रम दिन्छ कि दुनियाँ अर्थहिन भएको अवस्थामा पनि अर्थपूर्ण छ। यसले अधिकांश क्षेत्रहरुमा गल्तिहरु उत्पन्न गर्ने एक ठूलो सम्झौता हो।’

हामी केही कुरा थाहा छैन भन्ने कुरा स्वीकार्नुको सट्टा हामी आफ्नो मनलाई सान्त्वना दिन आफ्नै व्यक्तिगत कथा विकास गर्नतर्फ लाग्छौँ, नियन्त्रणको भ्रम भर्सेस अनिश्चितताको वास्तविकता।

मान्नुहोस् कि यहाँ आफुलाई थाहा नभएको र तपाईको नियन्त्रण बाहिरका धेरै कुराहरु छन्।

मनोचिकित्सक फिलिप टेट्लक भन्छन्, ‘हामीले विश्वास गर्नु आवश्यक छ कि हामी अनुमान र नियन्त्रण गर्न सकिने विश्वमा बाँचीरहेका छौँ, त्यसैले हामी त्यस्ता व्यक्तिहरु तर्फ फर्किन्छौँ जसले त्यो आवश्यकतालाई पूरा गर्नका लागि वचन दिन्छन्।

केम्यानले अनुभूतिमा प्रासंगिक त्रुटिहरु पत्ता लगाएका छन्ः

जब योजना बनाउछौँ तब हामी ती कुराहरुमा केन्द्रित हुन्छौँ जुन हामी गर्न चाहन्छौँ र गर्न सक्छौँ र हाम्रो व्यक्तिगत परिणामलाई प्रभावित गर्ने अन्य व्यक्तिहरुको योजना, कार्य र निर्णयहरुलाई वेवास्ता गर्छौँ।

विगतलाई अध्ययन गर्न र भविष्यलाई अनुमान गर्न हामी व्यक्तिगत सीपलाई बढि प्राथमिकता दिन्छौँ र भाग्यलाई कटौती गर्छौँ।

हामी आफुलाई थाहा भएको कुरामा केन्द्रित हुन्छौँ र आफुलाई थाहा नभएको कुरालाई बेवास्ता गर्छौ।

अध्याय १९ः समग्रमा

यो अध्याय अघिल्ला अध्यायहरुको सारंश हो, विनम्रता, कम अहंकार, सम्पत्ती भर्सेस धनी, वित्तीय निर्णय जसले दिमागी शान्ति दिन्छ, समयको शान्ति र निरन्तरताको प्रयोग, जोखिम र असफलतालाई स्वीकार्नु, समय स्वतन्त्रताका लागि प्रयास गर्नु, बचतलाई प्रमुख बानी बनाउनुस्, सफल परिणामको लागि आवश्यक मूल्य भुक्तानी गर्न तयार हुनुहोस्, मार्जिन अफ सेफ्टीका लागि तयारी गर्नुस्, आफुले खेलिरहेको खेललाई परिभाषित गर्नुहोस्।

अध्याय २०ः कन्फेशन

यस अध्यायले लेखकको वित्तीय व्यवहार र विश्वासलाई वर्णन गर्दछ।

स्वतन्त्रताले उनको वित्तीय निर्णयहरुलाई डोर्याउथ्यो। औषतभन्दा तल जीउनुहोस्।

कम खर्चका क्रियाकलाप जस्तै, व्यायाम, पढाइ, पोडकास्ट, सिकाइहरुबाट खुसी हुन्थे। ऋण बिनाको घरको मालिक थियो। मान्दथे की यो डरलाग्दो आर्थिक निर्णय हो तर मनको शान्ति हो।

सम्पत्तीको २० प्रतिशत नगद राख्थे। उनी सुरक्षाको लागि यस्तो गर्थे र आपतको अवस्थामा स्टक मार्केटमा गरिएको लगानी बिक्री गर्न बाध्य हुनबाट बच्न यस्तो गर्थे।

चार्ली मुंगर भन्थे, ‘कम्पाउण्डिङ्गको पहिलो नियम भनेको अनावश्यक रुपमा कहिल्यै छेडछाड नगर्नु।’

हाउसलको अवधारणाका तीन मूख्य कुराः उच्च बचत दर, धैर्यता र दीर्घकालिन आशावाद।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।