लोक सेवा आयोगले माग्याे ठूलाे संख्यामा कर्मचारी, न्यूनतम योग्यता एसएलसी

Apr 07, 2021 03:06 PM Merolagani



लोक सेवा आयोगले भारी मात्रामा स्वास्थ्य सेवा क्षेत्रकालागि कर्मचारी माग गरेको छ । आयोगले राजपत्र अनंकित द्धितीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका चौथो तहमा प्रतियोगात्मक परीक्षाले पदपूर्ति गर्नकालागि दरखास्त आह्वान गरेको हाे ।

लोक सेवा आयोगले देशका विभिन्न भागमा ४७१ जना कर्मचारीको माग गरेको छ । आन्तरिक प्रतियोगिता, महिला, खुला तथा समावेशी पदहरुमा नायब जल विज्ञान सहायक, इन्जिनयर, मेकानिक्स, अपरेटर, नायब मौसम विज्ञान सहायक, अमिन, नायब पशु स्वास्थ्य प्राविधिक, अ.हे.व,सहायक कम्प्यूटर अपरेटर, गणक, इलेक्ट्रिसियन, सिनियर मिस्त्री, हेड फिल्ड असिस्टेन्ट , मुद्रण सहायक, सिनियर गेम स्काउट लगायतका सेवाकालागि कर्मचारी माग गरिएको हो ।

लोक सेवा आयोगको धनकुटास्थित कार्यालयकालागि कुल ४८ जना , इलामकालागि १४ जना, खोटाङमा ५ जना र काठमाडौंमा ७८ जनाकालागि दरखास्त खुलाइएको हो । यसैगरी विभिन्न पद, सेवा, समूह र उपसमूहमा कार्यरत हुन हेटौंडा कार्यालयमा २७ जना, पोखरामा ५४ जना, बाग्लुङ कार्यालयकालागि २२ जना र बुटवलमा ३७ जना कर्मचारी माग गरिएको छ । आयोगले दाङ कार्यालयमा ३६ जना, सुर्खेत कार्यालयमा ३० जना, जुम्लास्थित कार्यालयकालागि १२ जना, दिपायलमा २३ जना र महेन्द्रनगर लोक सेवा कार्यालयमा १५ जनाकालागि आवेदन खुलाइएको हो ।

यि पदपूर्तिकालागि लिखित/कम्प्यूटर सीप परीक्षण र अन्तवार्ता हुनेछ तर परीक्षा मिती भने हालसम्म प्रकाशित भइसकेको छैन । दरखास्त दिने अन्तिम समय २०७८ बैशाख १४ रहेको छ भने दोब्बर दस्तुर तिरेमा २०७८ वैशाख २१ सम्म आवेदन दिन सकिनेछ । दरखास्त शुल्क प्रत्येक विज्ञापनकालागि ३०० रुपैयाँ र समावेशी तर्फ थप १५० रुपैयाँ रहेको छ । आवेदन दिनकालागि न्यूनतम योग्यता एसएलसी वा टीएसएलसी तथा केहि पदकालागि सम्बन्धित क्षेत्रमा अनुभव रहेको हुनुपर्ने आयोगले उल्लेख गरेको छ । आवेदन psconline.psc.gov.np मार्फत दिन सकिनेछ ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।