प्रि ओपन सेसन अपडेटः साढे १८ अंक बढ्यो नेप्से

Apr 08, 2021 10:52 AM Merolagani



साताको अन्तिम कारोबार दिन, प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १८ अंक बढेको छ।

अघिल्लो कारोबार दिन २.८५ अंक घटेर २६७१.६१ विन्दुमा झरेको नेप्से, यस दिन सो सेसनमा १८.६६ अंक बढेर २६९०.२८ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०२ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ५६ कम्पनीको १ करोड ६९ लाख ४३ हजार ९७५ रुपैयाँ बराबरको २६ हजार ३९२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३७ कम्पनीको शेयरमूल्य बढेको छ भने ११ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ८ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

 




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।