उच्च विन्दुमा शेयर बजार, कसरी गर्ने लगानी?

May 31, 2021 08:01 AM Merolagani

सुधा देवकोटा

करिब एक वर्षको अन्तरालमा शेयर बजार वृद्धिले सगरमाथा चुमेको छ। निरन्तरको बढ्दो प्रवृतिले प्रतिदिन बजारमा नयाँ लगानीकर्ता भित्रीने क्रम बढेकाे छ।

अहिले दुईदेखि तीनजना जम्मा भएपछि शेयर बजारकै विषयमा गफिने ट्रेन्ड चलेको छ। बजारबाट हरेक समूहको आ-आफ्नो आकांक्षा रहेका छन्। जुन अहिले शेयर बजारबाट मात्र पुरा गर्न सकिन्छ भन्ने केही लगानीकर्ताको सोचाई रहको छ।

शेयर बजारले आम व्यक्तिहरुको मनदेखि दैनिक जीवनमा महत्वपूर्ण स्थान बनाउन सफल भएको छ। केहि लगानीकर्ताहरुको साेचाईमा रातारात आफ्नो लगानी दोब्बर हुने सपना बनाएका छन्। यो सबै कारण अहिले शेयर बजार द्रुत गतिमा बढोत्तरी हुनु नै हो।

चितवन भरतपुरमा बसोबास गर्ने सुजन जोशी शेयर बजारबाट धेरै अपेक्षाहरु रहेको बताउछन्। कलेज पढ्ने साथीको आग्रहमा चन्द्रागिरी हिल्सको आईपीओ शेयर खरिद गरे। उक्त कम्पनीको १० कित्ता शेयरबाट करिव एक महिना भित्रमा नै २५ हजार रुपैयाँ पुग्दा शेयर बजारबाट सुनको अन्डा पाइन्छ जस्तो लगेको उनी बताउछन्।

उक्त कम्पनीमा एक हजारको लगानीबाट २५ हजार कमाई भएपछि गत चैत महिनादेखि धेरथोर लगानी दोस्रो बजारमा गर्न थालेका छन्। अहिलेको अवस्थामा जोशी एक प्रतिनिधी पात्र मात्र हुन्। यसरी बजारमा प्रवेश गर्ने लगानीकर्ताहरुको भिड दिन प्रतिदिन बढ्दो क्रममा रहेको छ।

शेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेशले बजारमा नयाँ लगानी भित्रायाएको हुन्छ। यसले बजार विस्तावर र अझ व्यवस्थित बनाउनको लागि महत्वपूर्ण भुमिका निर्वाह गर्दछ। तर शेयर बजार जोखिमपुर्ण हुने भएकोले जो कोहीले लगानी गर्नुपूर्व सचेत भएर मात्र लगानी गर्नुपर्ने जानकारहरुको भनाई छ।

कसरी गर्ने लगानी?

दैनिक नयाँ रेकर्ड सहित नेप्से परिसूचक उच्च हालसम्म कै उच्च विन्दुमा रहेको छ। बजारले अझै नयाँ उचाई कायम गर्ने सक्ने संकेत पछिल्ला कारोबारहरुले देखाएको छ।

विश्वभर फैलिएको कोरोना भाइरसको महामारीले एउटा घर भित्र सीमित भएका आम व्यक्तिहरु अहिले शेयरबजारमा आबद्ध भएका छन्। यस्तो बेलामा बजारमा लगानी गर्दा लगानीकर्ताहरुले विशेष ध्यान पुर्याएर मात्र लगानी गर्नुपर्ने जानकारहरु बताउछन्।

बजार जुन अवस्थामा भएतापनि लगानीकर्ताले सचेत भएर मात्रै लगानी गर्नुपर्ने लगानीकर्ता अञ्जिब तुलाधर बताउछन्। बजार उच्च वा न्यून विन्दु जे भएपनि जोखिम उत्तिकै हुने उनको भनाई छ। त्यसैले, लगानीकर्ताले लगानी गर्ने कम्पनीको विभिन्न सूचकहरुको विश्लेषण गरेर मात्रै लगानी गर्ने बानी गर्नुपर्ने तुलाधरको भनाई छ।

लगानीकर्ताहरुले बजारको आधारभुत तथा प्राविधिक अध्ययनसँगै आफू कस्तो प्रकारको लगानीकर्ता हो? भन्ने बारेमा बुझ्नु पर्ने तुलाधरले बताए। छोटो समयको वा लामो समयको लागि लगानी गर्दैछु भन्ने बारेमा लगानीकर्ता स्वयम प्रष्ट हुनु आवश्यक रहेको उनी बताउँछन्। यदि छोटो समयको लागि लगानी गर्छ भने उक्त लगानीकर्ताले दैनिक कारोबार भोल्यूमकाे विश्लेषण गरी लगानी गर्नुपर्ने उनकाे भनाइ छ।

साथै, बजारको डिमान्ड एण्ड सप्लाई, फ्लाेरसिट, बैंकको ब्याजदर, आम लगानीकर्ताको मनोभावना, राजनीतिक प्रभाव, नियामक निकायहरुले समय समयमा गर्ने नीतिगत परिवर्तनले बजारमा पार्नसक्ने प्रभावको विषयमा जानकार हुनुपर्ने उनी बताउछन् । यदि कोही लगानीकर्ताले सबै पक्षको अध्ययन गर्ने हो भने बजारबाट कुनै लगानीकर्ता दुःखी हुनु नपर्ने तुलाधरको बुझाई छ।

त्यसैगरी, लगानीकर्ताहरु नेप्से परिसूचकभन्दा पनि कम्पनीहरुको अवस्था हेरेर लगानी गर्नुपर्ने अर्का लगानीकर्ता रमेश ढुङ्गाना बताउछन्। लगानी गर्नको लागि जुन समयमा लगानी गर्न चाहेपनि बजारले अवसर दिने उनी बताउछ। त्यसो भन्दैमा कुनै अध्ययन अनुसान्धन बिना नै अन्धधुन्द लगानी गर्नु भने नहुने ढुङ्गानाको भनाई छ।

अहिलेको अवस्थामा वार्षिक राम्रो प्रतिफल वितरण गर्दै आएका कम्पनीहरु दुई हजारको इन्डेक्समा हुँदाको मूल्यमा नै छन्। त्यस्तो अवस्थामा मूल्य धेरै नबढेका राम्रा कम्पनीहरुलाई छनोट गरेर लगानी गर्नुपर्ने ढुङ्गानाले बताए।

लगानीकर्ताहरुले लगानी गर्नुपुर्व कम्पनीको वित्तीय विवरणको अवस्था र विगतमा वितरण गरेका लाभांशको इतिहासको तुलनात्मक रुपमा अध्ययन गरेर लगानी गर्ने हो भने सधै मौका हुने उनी बताउछन्।

त्यसैगरी, बजारमा सूचकृत भएका कम्पनीको प्रकृति अनुसारको अध्ययन गर्नुपर्ने उनी बताउछन्। जस्तै, बैंकको कर्जा लगानी, ब्याज आम्दानी, इन्स्योरेन्सको बीमाशुल्क, दाबी भुक्तानीको अवस्था लगायतको अध्ययन गरेर लगानी गर्न उनी सुझाउछन्।

बजारसँग सरोकार राख्ने निकाय नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, बीमा समिति, नेप्से लगायतका नियामक निकायले लिने नीतिको विश्लेषण गर्नुपर्ने उनी बताउछन्। लगानी गर्नु पूर्व कम्पनीको अवस्थाको बारेमा बुझेर हल्लाहरुको पछि नलागि लगानी गर्नुपर्ने उनीकाे भनाइ छ।

भनिन्छ, शेयर बजार उच्च जोखिम र उच्च प्रतिफलकाे क्षेत्र हो। लगानीकर्ताले लगानी गर्न पूर्व बजारमा हुनसक्ने समग्र जोखिमलाई मध्यनजर गर्दै लगानीको राम्रोसँग व्यवस्थापन गर्ने हो भने शेयर बजारबाट छोटो समयमा नै राम्रो आम्दानी गर्न सकिने सरोकारवालाहरुको भनाई छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।