बजार पूँजीकरणका आधारमा शेयर बजारमा सूचीकृत ६ ठूला फुटबल क्लब

Aug 31, 2021 06:35 PM Merolagani

युवा खेलप्रेमीमध्ये लोकप्रिय खेलाडिमध्येका एक, क्रिष्टियानो रोनाल्डो गत साता, प्रिमियर लिगको एक ठूलो क्लब म्यानचेस्टर युनाइटेडमा फर्किएसँगै त्यस क्लबको शेयरमूल्य आकाशिएको छ।

नेपाली धितोपत्र बजारमा वास्तविक क्षेत्रका कम्पनीहरु सूचीकृत हुन नसकेको सन्दर्भमा अन्तरराष्ट्रिय बजारमा फुटबल क्लब पनि सूचीकृत छन्। यहाँ बजार पूँजीकरणका आधारमा ठूला ६ कम्पनीहरुको बारेमा चर्चा गरिएको छ।

१) म्यानचेस्टर युनाइटेडः बजार पूँजीकरणका आधारमा स्टक एक्सचेञ्जमा सूचीकृत सबैभन्दा ठूलो फुटबल क्लब हो। यो एक प्रख्यात फुटबल क्लब हो। यसले एकचोटि एशियाली फ्यानहरुका लागि भनेर सिंगापुरमा सूचीकरण गर्ने विचार गरेको थियो। तर, अन्त्यमा यसले न्यूयोर्कमा सूचीकरण गर्ने निर्णय गर्यो।

पछिल्लो कारोबार अनुसार यसको कुल बजार पूँजीकरण २.८५ बिलियन डलर छ। सोमबार यसको शेयरमूल्य ४.१० प्रतिशत घटेर १७.५४ डलरमा झरेको थियो। पछिल्लो वित्तीय विवरण अनुसार क्लबको हालको आम्दानी ०.६८ बिलियन डलर थियो। २०२० मा क्लबले ०.६९ बिलियन डलर कमाएको थियो जुन २०१९ मा ०.८३ बिलियन डलर थियो।

२) युभेन्टस ट्यूरिनः इटालीको प्रख्यात क्लब युभेन्टस ट्यूरिन बजार पूँजीकरणका आधारमा दोस्रो ठूलो फुटबल क्लब हो। पछिल्लो कारोबार अनुसार क्लबको कुल बजार पूँजीकरण १.२० बिलियन डलर रहेको छ। म्यानचेस्टर युनाइटेडमा आउनु अघि क्रिष्टियानो रोनाल्डो यस क्लबमा आवद्ध थिए।

सन् २०१५ मा क्लबले ०.४८ बिलियन डलर आम्दानी गरेको थियो भने २०१६ मा क्लबले ०.४७ बिलियन डलर आम्दानी गरेको थियो। यो बोर्सा इटालियनामा सूचीकृत छ। पछिल्लो कारोबारमा क्लबको शेयरमूल्य ०.४६ प्रतिशत घटेर ०.९० डलरमा झरेको छ।

३) बोहोसिया डर्टमण्डः बोरुसिया डर्टमण्ड जर्मनको एक प्रख्यात फुटबल क्लब हो। यो फ्रयान्कफर्ट स्टक एक्सचेञ्जमा सूचीकृत छ। पछिल्लो कारोबार अनुसार क्लबको कुल बजार पूँजीकरण ०.७० बिलियन डलर छ।

सन् २०२१ मा क्लबले ०.३८ बिलियन डलर आम्दानी गरेको छ। २०२० मा क्लबको आम्दानी ०.३७ बिलियन डलर र २०१९ मा ०.६५ बिलियन डलर रहेको थियो। पछिल्लो कारोबारमा क्लबको शेयरमूल्य ०.८७ प्रतिशत घटेर ७.४३ डलरमा झरेको छ।

४) ए.एस. रोमाः असोच्याचियोने स्पोर्टिभा रोमा अर्थात ए.एस. रोमा पनि एक इटालियन क्लब हो। यो सन् २००० मा सूचीकृत भएको थियो। पछिल्लो २० वर्षमा यसको शेयरमूल्य ८५ प्रतिशत बढेको छ। पछिल्लो कारोबार अनुसार क्लबको बजार पूँजीकरण ०.३३ बिलियन डलर छ।

यो लेख तयार पार्ने समयसम्ममा क्लबको शेयरमूल्य ०.६७ प्रतिशत घटेर ०.५३ डलरमा कारोबार भइरहेको छ।

सन् २०१४ मा ०.२१ बिलियन डलर कमाएको यस कम्पनीले २०१५ मा ०.२२ बिलियन डलर कमाएको थियो।

५) एस.एस. लाछ्यिोः सोच्येटा स्पोर्टिभा लाछ्यिो अर्थात एसएस लाछ्यिो बोर्सा इटालियनमा सूचीकृत क्लब हो। क्लबको खराब प्रदर्शनीका कारण यसको शेयरमूल्य पछिल्लो १२ वर्षमा ९९ प्रतिशत घटेको छ। पछिल्लो कारोबार अनुसार क्लबको कुल बजार पूँजीकरण ०.०९ बिलियन डलर छ।

यो लेख तयार पार्दासम्म क्लबको शेयरमूल्य १.४६ प्रतिशत बढेर १.४७ डलरमा कारोबार भइरहेको छ।

सन् २०१३ मा ०.१३ बिलियन डलर आम्दानी गरेको यस क्लबले २०१४ मा ०.१२ बिलियन डलर र २०१५ मा ०.१४ बिलियन डलर आम्दानी गरेको थियो।

६) एफसी पोर्टोः पूँजीकरणका आधारमा छैठौँ ठूलो क्लब हो एफसी पोर्टो। पछिल्लो कारोबार अनुसार क्लबको कुल बजार पूँजीकरण ०.०२ बिलियन डलर रहेको छ।

यस लेख तयार पार्दासम्म क्लबको शेयर ०.९४ डलरमा कारोबार भइरहेको छ।

सन् २०१४ मा ०.१० बिलियन डलर आम्दानी गरेको यस कम्पनीले सन् २०१५ मा ०.१० बिलियन डलर र २०१६ मा ०.०९ बिलियन डलर आम्दानी गरेको छ।

(कम्पनीजमार्केटक्याप डटकमकाे सहयाेगमा)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।