नयाँ अलटाइम हाइ बनाएको वर्ष ११ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो?

Apr 13, 2022 06:11 PM Merolagani



वि.सं २०७८ मा नेप्सेले नयाँ अलटाइम हाइ बनाएको थियो। गत भदौ २ गते बुधबार नेप्सेले नयाँ अलटाइम हाइ बनाएको थियो। सो दिन नेप्से ३१९८.६० विन्दुमा बन्द भएको थियो।

यो हालसम्मकै उच्च बन्द विन्दु हो। नेप्सेले यस अघिकाे अलटाइम हाइ १८८१ विन्दुलाइ ताेडेर नयाँ रेकर्ड बनाएकाे हाे। यद्यपि, इन्ट्रा डेमा भने त्यसको भोलिपल्ट अर्थात भदौ ३ गते ३२२७.११ विन्दुमा पुगेको थियो।

यद्यपि, यस वर्ष नेप्से परिसूचक ११ प्रतिशत घटेको छ। गत वर्षको अन्तिम कारोबार दिन २७१४.७९ विन्दुमा बन्द भएको नेप्से, यस वर्ष २९९.५४ अंक अर्थात ११.०३ प्रतिशत घटेर २४१५.२५ विन्दुमा बन्द भएको छ।

यस वर्ष नेप्से घटेपनि कुल कारोबार रकम, कुल शेयर संख्या, कुल कारोबार संख्या र दैनिक औषत कारोबार हुने स्टकको संख्या भने बढेको छ। यस वर्ष कुल कारोबार रकम शतप्रतिशत बढेको छ। गत वर्ष ८ खर्ब ५७ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस वर्ष १७ खर्ब १२ अर्बको शेयर कारोबार भएको छ। त्यसैगरी, यस वर्ष कुल शेयर संख्या ८१.०९ प्रतिशत बढेको छ भने कुल कारोबार संख्या ११०.१८ प्रतिशत बढेको छ। दैनिक औषत कारोबार हुने स्टक संख्या भने यस वर्ष १५.२५ प्रतिशत बढेको छ।

नेप्सेसँगै यस वर्ष कुल बजार पूँजीकरण पनि घटेको छ। गत वर्षको अन्तिम कारोबार दिन ३७ खर्ब ५९ अर्ब रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस वर्ष ३ खर्ब ३२ अर्ब रुपैयाँ अर्थात ८.८६ प्रतिशत घटेर ३४ खर्ब २६ अर्बका सीमित भएको छ।

यस वर्ष नेप्से ओरालो लागेपनि ५ उपसमूहको परिसूचक भने बढेको छ। यस वर्ष विकास बैंक, वित्त, म्युचुअल फण्ड, हाइड्रोपावर र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक बढेको हो। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ४४.२५ प्रतिशत बढेको छ भने वित्त उपसमूहको ४४.१० प्रतिशत बढेको छ। त्यस्तै, यस वर्ष म्युचुअल फण्ड उपसमूहको परिसूचक १२.८४ प्रतिशत बढेको छ भने हाइड्रोपावरको ५.९६ प्रतिशत र उत्पादन तथा प्रशोधनको १ प्रतिशत बढेको छ।

यस वर्ष व्यापार उपसमूहको परिसूचक सर्वाधिक ४३.४४ प्रतिशत घटेको छ। गत वर्षको अन्त्यमा ३९३९.९२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस वर्ष १७११.३९ अंक घटेर २२२८.५३ विन्दुमा झरेको छ। यस वर्ष अन्य उपसमूहको परिसूचक भने सबैभन्दा कम ८.६१ प्रतिशत घटेको छ।

यस वर्ष अरुण भ्याली हाइड्रोपावर कम्पनीको सबैभन्दा बढी शेयर कारोबार भएको छ। सो कम्पनीको यस वर्ष ४५ अर्ब ४० करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस वर्ष अपि पावर र नेपाल पुनर्बीमा कम्पनीको ४० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

कारोबार संख्याका आधारमा यस वर्ष नेपाल इन्फ्रास्ट्रक्चर बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस वर्ष ६ लाख ५ हजार ४१५ पटक शेयर खरिदबिक्री भएको छ। त्यस्तै, अपि पावरको यस वर्ष ४ लाख २७ हजार पटक शेयर कारोबार भएका छ भने हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको ४ लाख १७ हजार पटक शेयर किनबेच भएको छ।

शेयर संख्याका आधारमा भने यस वर्ष नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस वर्ष १० करोड ८५ लाख कित्ता शेयर किनबेच भएको छ। त्यसैगरी, अपि पावर कम्पनी र अरुण भ्याली हाइड्रोपावरको यस वर्ष ८ करोडभन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको छ।




comments powered by Disqus

टुरिस्ट लगानीकर्ता बाहिरिएपछि संस्थागत लगानीकर्ताको इन्ट्री, शेयर बजारमा व्यापक प्रेसर

Sep 17, 2024 06:31 AM

शेयर बजारबाट टुरिस्ट लगानीकर्ता बाहिरिँदै गर्दा बिस्तारै संस्थागत लगानीकर्ताको इन्ट्री हुन थालेको छ। बजार दैनिक रुपमा घट्दै गएपछि उनीहरूले बिस्तारै शेयर सङ्कलन गर्न सुरु गरेको बताइएको छ।