सिभिल बैंकको कारोबार फुकुवा

Nov 23, 2022 09:58 AM Merolagani

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिभिल बैंक लिमिटेड (CBL) को कारोबार फुकुवा भएको छ। नेप्सेले बैंकका आधारभूत शेयरधनी बाहेकको शेयरधनीको शेयर कारोबार फुकुवा गरेको हो।

बैंकले गत असार २९ गते हिमालयन बैंकसँग गाभ्ने सहमति गरेको थियो। सो सहमति भएसँगै नेप्सेले असार ३० गतेदेखि बैंकको शेयर कारोबार रोक्का गरेको थियो।

हिमालयनले ८१ प्रतिशत स्वाप रेसियोमा सिभिललाई गाभ्ने सहमति भएको हो।

प्रारम्भिक सहमति अनुसार नयाँ बन्ने बैंकको नाम हिमालयन बैंक नै रहने छ भने प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका सिइओ अशोक राणा नै रहने छन्। नयाँ बन्ने बैंकको सञ्चालक समितिमा सिभिलका कुनै पनि सञ्चालन रहने छैनन्। सिभिल बैंकका हालका सिइओ नयाँ बैंकको डेपुटी सिइओ हुनेछन् भने कर्मचारी बराबरी हैसियतमा समायोजन हुनेछन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।