८० करोड रुपैयाँको योजना भएपनि बढी ईक्विटीका लागि आबेदन परेमा भने १ अर्बसम्मको ईकाई बिक्री गरिने एनआईबीलले जनाएको छ । १० रुपैयाँ ईकाईका यी इक्विटीमा लगानीकर्ताले कम्तिमा १०० ईकाईदेखि ८० लाख ईकाईसम्मका लागि आबेदन गर्न पाउने छन् । मंसिर १७ गतेदेखि ५ दिनभित्रमा योजनाका सबै ईकाई बिक्री हुने अपेक्षा एनआईबीएलले गरेको छ । ईकाई आबेदन पत्र ईन्भेष्टमेन्ट बैंकका सबै शाखा कार्यालयहरुमा उपलब्ध हुने जनाईएको छ ।
बन्दमुखी यो योजनाको लक्ष्य पूँजीसम्बद्ध योजना तथा निश्चित आय योजनाको मिश्रित सुरक्षणहरुमा लगानी गरी अधिकतम प्रतिफल प्राप्त गर्नु रहेको जनाईएको छ । नेपालको धितोपत्र बजारमा यस योजनाका अधिकांश रकम परिचालन हुने भएकाले पूँजीबजार थप चलायमान हुने अपेक्षा गरिएको छ ।
यसअघि सिद्धार्थ क्यापिटल, नबिल ईन्भेष्टमेन्ट र एनएमबी क्यापिटलले यस्ता योजनाहरु जारी गरिसकेका छन् ।