एनआईबीएल म्युचुअल फण्डले ८० करोडको ईकाई ल्याउने

Nov 22, 2014 Mero Lagani



 

नेपाल इन्भेष्टमेण्ट बैंकको सहायक कम्पनी एनआईबीएल क्यापिटलले ८० करोड रुपैयाँको एनआईबीएल. समृ्द्धि कोष – १ मंसिर १७ गतेदेखि बिक्रीमा ल्याउने भएको छ ।

७ बर्षे अवधिको यो सामुहिक लगानी कोष निश्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट एनआईबीएलले स्वीकृति पाईसकेको छ ।

 

 ८० करोड रुपैयाँको योजना भएपनि बढी ईक्विटीका लागि आबेदन परेमा भने १ अर्बसम्मको ईकाई बिक्री गरिने एनआईबीलले जनाएको छ । १० रुपैयाँ ईकाईका यी इक्विटीमा लगानीकर्ताले कम्तिमा १०० ईकाईदेखि ८० लाख ईकाईसम्मका लागि आबेदन गर्न पाउने छन् । मंसिर १७ गतेदेखि ५ दिनभित्रमा योजनाका सबै ईकाई बिक्री हुने अपेक्षा एनआईबीएलले गरेको छ । ईकाई आबेदन पत्र ईन्भेष्टमेन्ट बैंकका सबै शाखा कार्यालयहरुमा उपलब्ध हुने जनाईएको छ ।

बन्दमुखी यो योजनाको लक्ष्य पूँजीसम्बद्ध योजना तथा निश्चित आय योजनाको मिश्रित सुरक्षणहरुमा लगानी गरी अधिकतम प्रतिफल प्राप्त गर्नु रहेको जनाईएको छ । नेपालको धितोपत्र बजारमा यस योजनाका अधिकांश रकम परिचालन हुने भएकाले पूँजीबजार थप चलायमान हुने अपेक्षा गरिएको छ ।


यसअघि सिद्धार्थ क्यापिटल, नबिल ईन्भेष्टमेन्ट र एनएमबी क्यापिटलले यस्ता योजनाहरु जारी गरिसकेका छन् ।




धितोपत्र बजारकाे ‘कालो कर्तुत‘काे पर्दाफास: बोर्डले तयार पारेको दुईवटा जाँचबुझ प्रतिवेदनहरूमा के छ ?

Apr 21, 2026 07:47 PM

नेपालको धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पसिनाको कमाइमाथि कसरी ‘कलोनी’ खडा गरिएको छ भन्ने तथ्य बोर्डको गोप्य प्रतिवेदनले प्रमाणित गरेको छ।