मेगा बैंकले शेयर धितो कर्जामा दुई अर्ब लगानी गर्ने, आब्हान गरेको एकसातामै हजार भन्दा बढीको आबेदन

Dec 03, 2014 Hari Gajurel




मेगा बैंकले शेयर धितो कर्जामा दुई अर्ब रकम परिचालन गर्ने भएको छ ।

मेगा बैंकका प्रमुख कार्यकारी अनिल केशरी शाहले मेरोलगानी डटकमसँग कुरा गर्दै आफ्नो बैंकले शेयर धितोमा कर्जा प्रबाह बढाउने रणनीति अनुरुप ठूलो रकम परिचालन गर्न लागेको जानकारी दिनुभयो ।

 

उहाँले बैंकले शेयर धितो कर्जाका लागि सार्वजनिक आब्हान गरेको एक सातामै एक हजार भन्दा बढी लगानीकर्ताले आबेदन गरिसकेको बताउनुभयो । शाहले धेरै लगानीकर्ताले शेयर प्रमाण पत्र धितो राखेर कर्जा लिई फेरि शेयर बजारमै लगानी थप्ने बताएको पनि उल्लेख गर्नुभयो । पूँजी बजारमा कर्जाको माग बढ्न थालेकाले  बजारको वियरिस प्रबृत्ति सुधारमा पनि सहयोग पुग्ने देखिएको छ । 

 

मेगा बैंकले बार्षिक ८.५ प्रतिशत ब्याज दरमा १८० दिनको औसत शेयर मूल्यको ५० प्रतिशत रकम शेयर कर्जामा दिने जनाएको छ । यस्तो कर्जामा सेवा शुल्क १ प्रतिशतमा एक लाख रुपैयाँ देखि एक करोड रुपैयाँसम्म कर्जा प्रबाह गर्ने भएको छ ।


मेगा बैंकका प्रमुख कार्यकारी शाहसँगको अन्तर्वार्ता पनि  हेर्नुहोला ।

 




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।