मेगा बैंकले शेयर धितो कर्जामा दुई अर्ब लगानी गर्ने, आब्हान गरेको एकसातामै हजार भन्दा बढीको आबेदन

Dec 03, 2014 Hari Gajurel




मेगा बैंकले शेयर धितो कर्जामा दुई अर्ब रकम परिचालन गर्ने भएको छ ।

मेगा बैंकका प्रमुख कार्यकारी अनिल केशरी शाहले मेरोलगानी डटकमसँग कुरा गर्दै आफ्नो बैंकले शेयर धितोमा कर्जा प्रबाह बढाउने रणनीति अनुरुप ठूलो रकम परिचालन गर्न लागेको जानकारी दिनुभयो ।

 

उहाँले बैंकले शेयर धितो कर्जाका लागि सार्वजनिक आब्हान गरेको एक सातामै एक हजार भन्दा बढी लगानीकर्ताले आबेदन गरिसकेको बताउनुभयो । शाहले धेरै लगानीकर्ताले शेयर प्रमाण पत्र धितो राखेर कर्जा लिई फेरि शेयर बजारमै लगानी थप्ने बताएको पनि उल्लेख गर्नुभयो । पूँजी बजारमा कर्जाको माग बढ्न थालेकाले  बजारको वियरिस प्रबृत्ति सुधारमा पनि सहयोग पुग्ने देखिएको छ । 

 

मेगा बैंकले बार्षिक ८.५ प्रतिशत ब्याज दरमा १८० दिनको औसत शेयर मूल्यको ५० प्रतिशत रकम शेयर कर्जामा दिने जनाएको छ । यस्तो कर्जामा सेवा शुल्क १ प्रतिशतमा एक लाख रुपैयाँ देखि एक करोड रुपैयाँसम्म कर्जा प्रबाह गर्ने भएको छ ।


मेगा बैंकका प्रमुख कार्यकारी शाहसँगको अन्तर्वार्ता पनि  हेर्नुहोला ।

 




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।