० मेगा बैंकको वर्तमान अवस्था कस्तो छ ?
–प्रथम त्रैमासको नतिजा भर्खरै निस्केको छ । हामीले जुन अपेक्षा गरेका थियौं त्यसकै सेरोफेरोमा छ । डिपोजिट १८ अर्व भन्दा बढी छ । लगानी सत्र अर्वको हाराहारीमा पुगिसकेको छ । खुद नाफा पहिलो त्रैमासमा ८ करोड हात पारेका छौं । शाखा खोल्ने काम रोकेका छौं । पहिला २८ वटा शाखा खोल्यौं । देशको अर्थतन्त्र जुन रफ्तारले अगाडि बढ्छ होला भन्ने लागेको थियौं, त्यो गतिमा अगाडि बढ्न सकेन । शाखारहित वैकिङ सेवा ४७ वटा पुगिसकेको छ । चार घण्टा बस चढेर शाखामा आउ भन्यो भने कोही पनि आउनेवाला छैन । अन्य बैंक भन्दा हाम्रो बैंकमा फरक चाही टोटल लोन प्रोर्टफोलियोको ५० प्रतिशत एसमई, माइक्रो र कन्जुमर ल्यान्डिङमा
प्रवाह गरेका छौं । बांकी ५० प्रतिशत ठूलो क्षेत्रमा लगानी गरेका छौं ।
० प्रथम त्रैमासको बित्तीय विवरण हेर्दा अघिल्लो आर्थिक बर्षको सोही अबधिको तुलनामा २० प्रतिशत खुद नाफा किन घट्यो त ?
–अघिल्लो वर्षको प्रथम त्रैमासमा राइट व्याकबाट आएको आम्दानी थियो । दूई वटा ठूला ऋणीले ऋण तिरिदिएर त्यो राइट व्याक भएको थियो । यो वर्ष प्रोभिजन पनि छैन । राइट व्याक पनि भएन । नर्मल विजनेश बाट यो रिर्पोट आएको हो । दोश्रो त्रैमासमा नर्मल देखिन्छ होला किनभने हामीसँगै खुलेका वैंकको तुलनामा हाम्रो नाफा राम्रै छ ।
० निष्क्रिय कर्जा बढेर २ दशमलव १५ पुगेको रहेछ ?
–हाम्रो व्यालेन्ससिट सानो छ । एउटा, दुईवटा खाता चिप्लियो भने पनि प्रभाव परिहाल्छ । दुइर्वटा जस्तो खाता प्रोभाइट गर्न पर्दैन होला जस्तो लागेको थियो उहाँहरुको आर्थिक अवस्थाले गरेर डिपरराइट गर्न परेर हो । दोस्रो त्रैमासमा त्यसको व्यवस्थापन हुन्छ ।
० मेगाको खर्च घटाउने भन्ने चुनौती कसरी सामना गर्नुहुन्छ ?
–हाम्रो खर्च सबैभन्दा बढी जनशक्तिको खर्च छ । यो खर्चलाई लगानीको रुपमा लिएको छु । कुनै पनि संस्थाले कति खर्च गर्यो भनेर होइन कति आम्दानी गर्यो त्यो चाँही हेर्नुपर्दछ । म भन्दा धेरै कमाउने प्रमुख कार्यकारी अधिकृतहरु पनि छन । हाम्रो भन्दा धेरै कम जनशक्ति भएका बैंकहरु पनि छन । तर उहाँहरुको खुद नाफा कति छ त ? सेयर होल्डरहरुले हेर्ने भनेको वैंकले कति कमायो र वोनस कति दियो भन्नेमा नै केन्द्रीत हुन्छ । खर्च कम गर्नेमा भन्दा आम्दानी बढाउन तर्फ हामी केन्द्रित छौ ।
० नबिल वैंकमा हुदाको अनिल केशरी शाहको जुन आकर्शण थियो, मेगा वैंकमा आए पछि तपाईको आकर्शण किन घट्यो ? नबिललाई जस्तै मेगालाई त्यो उचाईमा पुर्याउन तपाईलाई के ले वाधा पार्यो ?
–बााधा कसैले गरेको छैन । यो समयको कुरा हो । नविल वैंकमा म जाँदा नविल आफै २० वर्ष पूरानो भइसकेको
थियो । म ६ वर्ष बसें । हुर्किसकेको संस्थालाई अगाडि लैजानु र भर्खरै जन्मेको शिशुको पालनपोषण गर्दै अगाडि लैजानुमा निकै फरक हुन्छ । भर्खरै जन्मेको बच्चालाई छिमेकीको डाक्टर पाइलट बनिसकेको बच्चासँग तुलना गरेर पनि हुन्छ र ? वैंकिङ भनेको टेडिङ विजनेश नभई लङटर्म विजनेश हो । पाँच, छ वर्ष जग राख्ने समय हो । यो अवधिमा अन्य वैंकसँग तुलना गर्ने हो भने हामी धेरै अगाडि बढेका छौं । बीस वर्ष पछाडि मेगा वैंक अर्कै लेभलमा पुगिसकेको हुन्छ । म सन्तृष्ट नै छु र मलाइ लाग्छ हाम्रा सेयर होल्डर, व्यवस्थापकहरु पनि सन्तृष्ट नै हुनुहुन्छ ।
०स्टान्डर्ड चार्टर्डमा रहदाको अनिल केशरी शाह,नविल वैंकमा रहदाको अनिल केशरी शाह र मेगा वैंकमा रहदाको अनिल केशरी शाहमा के फरक अनुभुति गर्नुहुन्छ ?
–स्टान्डर्ड चार्टर्डमा रहदा अनिल केशरी शाहले वैंकिङ सिकिराखेको थियो । वैंकिङको विद्यार्थी थिएँ, धेरै सिकें । त्यो सिकाइलाई नबिलमा आएर बैंकरको रुपमा प्रयोग गरें । नबिललाई नम्वर वान बनाउन सकियो । त्यो नम्वर वान वैंक अहिले पनि नम्वर वान नै छ । नविल वैंकले अनिल केशरी शाहलाई वैंकर बनायो । मेगा वैंकले नेपालको अर्थतन्त्रमा आर्थिक समावेशिता कसरी ल्याउने भनेर लागिरहेको छु । वैंकर नै बन्ने भए म नविलमै बसिरहेको भए पनि हुन्थ्यो । आर्थिक रुपान्तरण ल्याउनका लागि मेगामा आएको हुँ । १२१९ जना प्रोमोटोर, एक लाख पैतालिस हजार सेयहोल्डर । कुनै पनि कम्पनीको यत्रो सेयरहोल्डर र प्रमोटर छैन । हलो देखि हाइड्रो सम्म सबै नेपालीको वैंक बन्ने हाम्रो लक्ष्य छ । नयाँ वित्तीय सोच लिएर नयाँ वैंक बनाउन हामी लागिरहेका छौं ।
० सबैभन्दा बढी सेयरहोल्डर, प्रोमोटर रहेको मेगा वैंक नबिल वैक जस्तै नम्बर वान कहिले बन्ला ?
–त्यो त लोटरी टिकट किनेको जस्तै हो । नम्वर वान हुनका लागि त समय लाग्छ । ३० वटा बैंकहरु छन । तर हामीसँग सँगै खुलेको वैंक भन्दा हामी हरेक पाइला अगाडि छौ । त्यो रफ्तारमा हामी हिडिरहेका छौं ।
० अन्य वैंकहरुले आफ्नो चुक्ता पूजीँ पाँच अर्व पुर्याईसकेको अवस्था छ । तपाईहरुको चुक्ता पूँजी २ अर्वको हाराहारीमा छ । यो अवस्थामा अन्य वैंकसँग प्रतिष्पर्धामा जानका लागि समेत मर्ज गर्ने पर्ने अवस्था छ । यो विषयमा के सोच्नु भएको छ ?
–बैंक खोल्दा २ अर्ब ३३ करोड पेड अप क्यापिटल हुँदा सबैभन्दा धेरै पूँजी भएको वैंक थियो । तर यो पाँच वर्षको अवधिमा अरु वोनस सेयर दिएर अगाडि आए । अघिल्लो वर्ष जति बोनस दिए, त्यो भन्दा बढी दिनुपर्ने हुन्छ यो वर्ष । पाँच अर्वको पूँजी पु¥याएर लाभांश पनि आधा गर्नुपर्ने भयो भने त मजा कसैलाई हुँदैन । सात अर्ब पूँजी पु¥याएर २ प्रतिशत लाभांश दिएर के काम ? हाम्रो नेचुरल ग्रोथ भइरहेको छ । मर्जरका लागि ‘क’ वर्गको वैंकहरु सँग पनि कुरा भइरहेको छ । विकास वैंकहरुसँग पनि कुरा भइरहेको छ । सकारात्मक प्रभाव पार्ने, जहाँ हामी छैनौं, त्यस्तो बैंकसँग मर्ज गर्न चाहन्छौं । हामी नौलो खाले मर्जको कुरा गरिरहेका छौं । हामीले यस्ता वैंकहरु पनि देखेका छौं जस्ले मर्ज गरेपछि उस्को नाफा पनि कम भएर गएको छ । लाभांश पनि कम भएको छ । हामी त्यस्तो मर्ज गर्न चाहदैनौं ।
० मेगा वैंकले तपाईको विकल्प खोजिरहेको छ भन्ने हल्ला पनि सुनिन्छ नि बजारतिर ?
–कुनै पनि वैंक खाली भयो कि त्यहाँ अनिल शाह जान लागेको छ भन्ने हल्ला चल्छ । कहिले अनिल शाहको विकल्प खोजेको छ भन्ने हल्ला पनि चल्छ । आखिर यो हल्लै हल्लाको देश न हो । यो हल्लामा कुनै सत्यता छैन ।
० तपाईहरुको बैंकको एक जना निर्देशकलाई जनता वैंकले पैसा नतिरेको भनेर ३५ दिने सूचना निकाल्यो । मेगा वैंकको छविलाई धमिल्याउन त त्यसो गरिएको होइन ?
–हाम्रो मात्रै होइन, धेरै वैंकका निर्देशकहरु आ आफ्नो व्यवसाय गर्नुहुन्छ । व्यापार गर्दा कहिल्यै राम्रो, कहिल्यै नराम्रो हुन्छ । उहाँ हाम्रो वैंकको निर्देशक मात्रै होइन सभासद् समेत हुनुहुन्छ । अहिले उहाँ आफ्नै गृहजिल्लामा हुनुहुन्छ । उहाँ फर्किनुभए पछि यो समस्याको सामाधान हुन्छ ।
० मेगा वैंकको संस्थागत सुशासन चाँही कस्तो छ ?
–हाम्रा अधिकाशं सेयरहोल्डर र कर्मचारी स्टान्डर्ड चार्टड,नविल जस्ता वैंकमा काम गरेर आएको हुदा संस्थागत सुशासन अत्यन्तै राम्रो छ । यति धेरै सेयर होल्डर र प्रोमोटर भएको वैंकमा चेक एण्ड व्यालेन्स छ ।
० ग्राण्ड वैंक प्रकरणले अहिले सबै झस्किरहेको अवस्था छ, त्यस्ता खतरा नआओस भनेर के गर्दै हुनुहुन्छ ?
–खराव हुन लाग्यो भने हामी प्रोभिजन गरिहाल्छौं । त्यो मिलाउन सकिन्छ । किनभने २५ वर्ष देखिको हाम्रो अनुभव छ । ६ वर्ष नबिलमा बसेर नम्वर वान बनाएँ । अहिले नबिल धरापमा परेको भए तपाईले मलाई के गरेर नबिल चलाउनु भएको भनेर सोध्नुहुथ्यो । त्यसैले प्रोभिजनमा हामी बढी छुट्टाउछौं ।
० अनिल केशरी शाह भन्ने वित्तिकै वैंकिङ किङको रुपमा लगानीकर्ताहरुले चिन्छन् । पछिल्लो चरणमा ओरालो लाग्दै गरेको सेयर बजारको विश्लेषण कसरी गर्नुहुन्छ ?
–हाम्रो सेयर बजारमा डेफ्थ भएन । तीन जना मान्छे बसेर पनि सेयर वजार तल माथि गर्नसक्ने अवस्था छ । अहिलेको अवस्थामा भन्ने हो भने सेयर वजार बढ्नुपर्ने हो । वैंकमा डिपोजिट बढेको कारण सेयरमा पैसा बढी हाल्नु पर्ने हो । सेयर बजार पनि घटेको घट्यै छ । वैकमा डिपोजिटर पनि घटिरहेका छन । मौसम जस्तो चिसो भइरहेको छ, लगानीकर्ताहरुमा पनि चिसो पसेको छ । विश्वाश घटेको छ । अर्कै किसिमको रुल आएर मार्केट नै धरायसी हुने हो कि भन्ने डर छ । मलाई पनि यस्ले मनमा चिसो पसेको छ । वित्तिय समावेशीकरण कायम गर्नेका लागि क्यापिटल मार्केट हुनुप¥र्यो । त्यही भएर हामीले ८.५ प्रतिशत व्याज दरमा मार्जिन ल्यान्डिङमा २ अर्व लगानी गरिरहेका छौं । यहाँ एउटाले गरेपछि अर्काेले गर्ने परिपाटी छ । यस्ले गर्दा मार्केट अलिकति तातिन्छ कि ? हामी कहाँ धेरै जनाले शेयर कर्जाका लागि आबेदन दिईसक्नु भएको छ ।
० राष्ट वैंकको पछिल्लो तथ्यांक अनुसार ६४ अर्ब भन्दा बढी तरलता थुप्रिएको अवस्था छ । यस्तो अवस्थामा देशको अर्थतन्त्र कता जान्छ ?
–क्यापिटल र पानी उस्तै हुन् आफ्नो बाटो आफै समाउँछन । बाँधेर बाँधिदैन । डिपोजिट बढेर तरलता आएको होइन । रेमिट्यान्सबाट यो आएको हो । तर लगानीको अवसर छैन । फ्याक्ट्री,हाइड्रो धेरै क्षेत्र छन् लगानीको । जुन चिसोपन सेयर मार्केटमा परेको छ त्यही चिसोपना लगानीकर्तामा परेको छ । लगानीका लागि सबै जना संविधान कुरेर बसेका छन । यद्यपि आउने दिन नेपालका लागि एकदमै राम्रो छ ।
० मेगा वैंकका १ लाख ४५ हजार सेयरहोल्डरहरु छन । उनीहरुलाई यो वर्ष कस्तो प्रतिफल बाड्दै हुनुहुन्छ ?
–हाम्रो काम भनेको काम गर्ने, नाफा बाड्ने हो । झण्डै ३० करोड हामीले अघिल्लो आर्थिक वर्षमा नाफा आर्जन गरेका थियौं । राष्ट्र वैंकमा यो पठाएका छौं । बोर्डले निर्णय गरेपछि डिभिडेन्ट र वोनस सेयरको वारेमा थाहा पाउनु हुने नै छ ।
० राष्ट्र वैंकले हालै जारी गरेको रेमिट्यान्स सम्बन्धी निर्देशिकाका कारण वैंकरहरु नै दुई धु्रवमा बाडिएका छन । त्यो निर्देशिकालाई तपाई कसरी हेर्नुहुन्छ ?
– गलत निर्देशिका ल्याएर वैकिङ क्षेत्रलाई धरापमा पार्ने राष्ट्र वैंकको मनसाय त पक्कै पनि होईन । अर्थतन्त्रको ठूलो खम्वा नै हो–रेमिट्यान्स । खातामा गयो भने वैंकिङ क्षेत्रमा त आउँछ । कमसेकम वैंकिङ क्षेत्रमा त आउछ भन्ने उस्को सोच हो । खाता खोल, चेक काट भन्ने झन्झट भए पछि भोलि यही पनि रोकिएला भन्ने वैंकरहरुको चिन्ता हो । यद्यपि रेमिटयान्स कम्पनीलाई एउटा नियमले बाँध्न खोज्नु र अर्काेलाई अर्काे नियमले वाध्न खोज्नु चाँही राम्रो होइन । सबैलाई एउटै खालको नियम हुनुपर्दछ । हिमालयन ,नविलमा भएको भए म यो बोल्न सक्दिनथें । हामी रेमिटयान्स कम्पनी होईनौं ।