राष्ट्र बैंकले फाईनान्समा पूँजी पर्याप्तता नभएको, पूँजीकोष ४.३६ प्रतिशतले ऋणात्मक रहेको, खराब कर्जा ५४ प्रतिशत माथि पुगेको र संस्थागत सुशासन कायम गर्न नसकेको भन्दै समस्याग्रस्त घोषणा गरेको हो ।
फाईनान्सको चुक्ता पूँजी १३ करोड ४८ लाख मात्र रहेकोमा ३६ प्रतिशत हिस्सा रबिचन्द्रमान प्रधानको छ । उनी बैंकमा लामो समयसम्म कार्यकारीको भुमिकामा थिए । राष्ट्र बैंकले फाईनान्समा एउटै कम्पनी र आपसी सम्बन्ध भएका ब्यक्तिहरुलाई २५ प्रतिशत भन्दा बढी ऋण प्रबाह गरेको , नियम विपरित सहकारी संस्थाको संस्थागत शेयरमा लगानी गरेको लगायतका गंभीर प्रकारका कमजोरीहरु फेला परेको जनाएको छ ।
राष्ट्र बैंकबाट समस्याग्रस्त घोषणा भएपछि फाईनान्सले थप निक्षेप संकलन र कर्जा प्रबाह गर्न पाउने छैन । त्यसैगरी २ लाख भन्दा बढी निक्षेप फिर्ता गर्न र सम्पति बेचबिखन गर्न राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने भएको छ । फाईनान्सले कर्जा असुली गरेर स्वस्थ बन्न नसके विघटनको सामना गर्नुपर्ने विकल्प बांकी रहने छ ।