सिभिल बैंकले ७ प्रतिशत बोनस शेयर दिने, ऋण असुलीमा तीब्रता

Dec 05, 2014 Mero Lagani



 

सिभिल बैंक (CBL) ले गत बर्षको खुद नाफाबाट लगानीकर्तालाई ७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ  । बैंक संचालक समितिको बिहीबार बसेको बैठकले ७ प्रतिशत बोनस शेयर र १.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । 

२ अर्ब ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले गत आर्थिक बर्षमा २४ करोड ६२ लाख रुपैयाँ खुद नाफा गरी प्रति शेयर आम्दानी ९ रुपैयाँ कायम गरेको थियो । 

बैंकले प्रबाह गरेको केही कर्जा असुल नभएपछि चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बैंक १७७ प्रतिशतले खुद घाटामा गएको छ । बैंकले धमाधम ऋणीहरुलाई ३५ दिने सूचना जारी गरी भाका नाघेको  ऋण असुली गर्ने प्रक्रिया तीब्र पारेको देखिएको छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।