एनएमबीले धमाधम गाभ्न थाल्यो साना कम्पनी, नमस्ते र प्रुडेन्सियल फाईनान्स पनि गाभिदै

Dec 07, 2014 Mero Lagani



क्लिन ईनर्जी बिकास बैंक, पाथिभरा बिकास बैंक र भृकुटी बिकास बैंकलाई आफुमा गाभ्ने निर्णय गरेको एनएमबीले अरु दुई वटा साना कम्पनीहरुलाई पनि आफुमा मिलाउँदै छ । 

यसरी एनएमबीमा गाभिनेमा काठमाडौको प्रुडेन्सियल फाईनान्स र दाङको नमस्ते बित्तीय संस्था भएको बताईएको छ । ती दुई कम्पनीसँग एनएमबी बैंकका प्रमुख कार्यकारी उपेन्द्र पौडेलले मर्जको कुरा भईरहेको स्वीकार गर्नुभएको छ ।  

एनएमबीले साना कम्पनीहरुलाई गाभेर आफ्नो चुक्ता पूँजी ५ अर्ब पुर्याउने भएको छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।