एनएमबीले धमाधम गाभ्न थाल्यो साना कम्पनी, नमस्ते र प्रुडेन्सियल फाईनान्स पनि गाभिदै

Dec 07, 2014 Mero Lagani



क्लिन ईनर्जी बिकास बैंक, पाथिभरा बिकास बैंक र भृकुटी बिकास बैंकलाई आफुमा गाभ्ने निर्णय गरेको एनएमबीले अरु दुई वटा साना कम्पनीहरुलाई पनि आफुमा मिलाउँदै छ । 

यसरी एनएमबीमा गाभिनेमा काठमाडौको प्रुडेन्सियल फाईनान्स र दाङको नमस्ते बित्तीय संस्था भएको बताईएको छ । ती दुई कम्पनीसँग एनएमबी बैंकका प्रमुख कार्यकारी उपेन्द्र पौडेलले मर्जको कुरा भईरहेको स्वीकार गर्नुभएको छ ।  

एनएमबीले साना कम्पनीहरुलाई गाभेर आफ्नो चुक्ता पूँजी ५ अर्ब पुर्याउने भएको छ ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।