मुकेश अम्बानीले पछ्याउने बिजनेस मोडल भएको रिटेल कम्पनी वालमार्ट

Jan 18, 2023 05:51 PM Merolagani

वालमार्ट एउटा यस्तो नाम जसले सदाको लागि संसारको लागि किनमेल परिवर्तन गर्यो। डिस्काउण्ट मोडल आविष्कार गर्ने यो पहिलो रिटेल कम्पनी हो।

ज्याक माले एक पटक भनेका थिए–– यदि मैले अलिबाबालाई वालमार्ट बनाउन सकिन भने, म जीवनभर पछुताउनेछु। ‘एभरिडे लो कस्ट प्रासिंङ्ग’ को दर्शनसहित, वालमार्ट त्यो बेलादेखि अहिलेसम्म पनि संसारको नम्बर एक कम्पनी हो। तर नेटवर्थको हिसाबले यो अहिले अमेजनभन्दा पछाडि छ। सन २००० को प्रारम्भमा, वालमार्टको राजस्व अमेजनको तुलनामा १६ गुणा बढी थियो, तर आज सो कम्पनी नाफामा पछि परेको छ। यसको अन्तर्राष्ट्रिय मोडलको विपरीत, भारतमा वालमार्टले खुद्राको सट्टा थोक मोडलमा व्यापार गर्दछ। यति मात्र होइन, आज यो फ्लिपकार्ट र फोनपे जस्ता कम्पनीहरूको सबैभन्दा ठूलो शेयरधनी हो। हाल, फोनपेको मुख्यालय भारतमा सारिएदेखि नै यो समाचारमा छ। यदि रिपोर्टहरू विश्वास गर्ने हो भने, यो परिवर्तनका कारण, वालमार्टले अब करिब ८ खर्ब रुपैयाँ सरकारलाई कर बिल तिर्नुपर्छ।

 

वालमार्टको पहिलो स्टोर आज एक संग्रहालय

विश्वका २४ देशमा व्यापार गर्ने वालमार्ट सन् १९६२ जुलाई ४ मा सुरु भएको थियो। कम्पनीले अमेरिकाको अर्कान्सामा पहिलो पसल खोलेको थियो। यो पसल एक अमेरिकी व्यापारी साम वाल्टनलाई सेल्सम्यानको जागिरबाट हटाइएपछि खोलिएको हो। उनले डिस्काउण्ट प्राइस मोडलमा चीजहरू बेच्न यो पसल खोलेका हुन्। १९६७ सम्म, कम्पनीले यो मोडलबाट धेरै नाफा कमाएको थियो। त्यतिन्जेल वाल्टन परिवारसँग २४ पसलहरू भइसकेको थियो। १९९२ मा सामको मृत्यु पछि, पहिलो स्टोर उनको सम्झनामा संग्रहालयमा परिणत गरिएको हो। आज, यो संग्रहालयले सामका उपलब्धिहरू साथै सर्वसाधारणका लागि एउटा क्याफे राखिएको छ।

प्राइस वारमा विजेता वालमार्टको सबैभन्दा ठूलो प्रतिस्पर्धी अमेजन

सन् १९६२ देखि २००० सम्मको समय वालमार्टको सुनौलो समय थियो। तर, बजारमा अमेजनको प्रवेशसँगै स्थिति फेरियो। आज, जब वालमार्टको कुल सम्पत्ति ३९१ बिलियन डलर छ, अमेजनको कुल सम्पत्ति वालमार्टभन्दा ३ गुणा बढी अर्थात १ ट्रिलियन डलर छ। विज्ञहरूका अनुसार प्राइस वार जितेको वालमार्टलाई आफ्ना भौतिक स्टोर–गोदामहरूको भाडाको दबाब छ। जबकि अमेजनले भर्चुअल व्यापार गरिरहेको छ। अर्कोतर्फ, वालमार्टको सप्लाई चेन यसको ठूला स्टोरहरूमा सामानहरू भण्डारणमा आधारित छ। तर अमेजनको आगमन पछि, घरहरूमा उत्पादनहरू पु¥याउने प्रवृत्तिका कारण आपूर्ति श्रृंखला पूर्ण रूपमा परिवर्तन भएको छ। यसमा अमेजन अगाडि बढेको छ। सुरुका दिनहरूमा वालमार्ट र अमेजनबीच सहकार्यका लागि प्रयासहरू भएका थिए। बेजोसले वालमार्टको राम्रोसँग अध्ययन गरेको कुरा उनी खुलमखुल्ला रुपमा स्वीकार गर्छन्। यद्यपि, वालमार्ट आफ्नो रणनीतिको बारेमा गोप्य रहन्छ।

वालमार्टमा अधिकांश हिस्सा अझै पनि वाल्टन परिवारको

वालमार्ट सन् १९७० मा शेयर बजारमा सूचीकृत भएको थियो। दुई वर्षपछि यो न्यूयोर्क स्टक एक्सचेन्जमा सूचीबद्ध भएको थियो। कम्पनीको आधिकारिक जानकारी अनुसार आज पनि वालमार्टको सबैभन्दा ठूलो शेयरधनी वाल्टन परिवार नै हो। कम्पनीको आधाभन्दा बढी शेयर परिवारसँग छ। यसपछि सबैभन्दा बढी शेयर भ्यानगार्ड ग्रुपसँग छ। सो ग्रुपसँग वालमार्टको ५ प्रतिशत शेयर छ।

वालमार्टको वाल्टन परिवार मोडल

सन् १९९२ मा कम्पनीका संस्थापक साम वाल्टनको मृत्युपछि व्यवसायको स्थानान्तरणको व्यवस्थापन गरिएको थियो। विश्वको सबैभन्दा धनी परिवार वाल्टनले सन् १९८८ देखि कम्पनीको दैनिक कारोबार प्रबन्धकहरूलाई हस्तान्तरण गरेको थियो। त्यसपछि त्यसको निगरानी गर्न बोर्ड गठन गरिएको थियो। सामका जेठा छोरा रोब वाल्टन र उनका भतिजा स्टुअर्ट वाल्टन वालमार्टको बोर्डमा छन्। सामले आफ्नो मृत्युको ४० वर्षअघि सन् १९५३ मा उत्तराधिकार योजना सुरु गरेका थिए। सोही अनुसार उनले ४ सन्तानमा ८० प्रतिशत व्यवसाय बाँडेका थिए। भारतका सबैभन्दा धनी व्यक्तिहरू मध्ये एक मुकेश अम्बानी पनि वाल्टन परिवारको यो मोडलका अनुयायी हुन् र उनले पनि यही मोडल अन्तर्गत आफ्नो व्यापार उत्तराधिकार योजना बनाएका छन्।

वालमार्ट धेरै देशहरूमा अर्को नाममा अवस्थित

आज वालमार्टका विश्वभर १०,००० भन्दा बढी स्टोरहरू छन्। तर तीमध्ये धेरै स्टोरहरूमा वालमार्ट नाम छैन। वास्तवमा, वालमार्ट विश्वव्यापी ६० विभिन्न नाम अन्तर्गत कारोबार गरिरहेको छ। वालमार्टले धेरै देशहरूमा कम्पनी किन्छ र त्यसको नाम परिवर्तन नगरी आफ्नो व्यापार गर्दछ। यूकेमा एएसडिए नामबाट कारोबार गरेजस्तै, जापानमा सियू र इण्डियामा बेस्ट प्राइस नामले कारोबार गरिरहेको छ।

भारतमा वालमार्ट स्टोरहरू अमेरिका भन्दा फरक

वालमार्टको भारतमा २८ थोक स्टोरहरू छन्। तीमध्ये २ वालमार्टको स्वामित्वमा छन् र बाँकी भाडामा छन्। वालमार्टले सन् २००७ मा भारतको भारती इन्टरप्राइजेजसँग सम्झौता गरेको थियो। उनीहरूले मिलेर बेस्ट प्राइस नामक २० सुपरस्टोर खोलेका छन्। तर, २०१३ मा दुवैले अलग हुने निर्णय गरे। यसपछि ती स्टोरहरु वालमार्टले सञ्चालन गर्न थाल्यो। २०१८ मा, वालमार्टले फ्लिपकार्टको ७७ प्रतिशत शेयर किनेको थियो। त्यसपछि २०२० मा, फ्लिपकार्ट समूहले भारतमा वालमार्टको थोक व्यापार किन्यो र अब फ्लिपकार्ट होलसेल नामबाट व्यापार सुरु गर्यो। वास्तवमा, यसको थोक व्यवसायलाई अलग राख्नुको सट्टा, वालमार्टले यसलाई फ्लिपकार्टसँग एकीकृत गरेको हो। भारतमा फ्लिमकार्ट बाहेक, वालमार्टसँग मिन्त्रा र फोनपेको पनि सबैभन्दा ठूलो शेयर होल्डिङ छ।

वालमार्टको सबैभन्दा धेरै बिक्री हुने वस्तु केरा

विश्वको सबैभन्दा ठूलो रिटेल चेन वालमार्टको बारेमा यति धेरै पढिसकेपछि, अब तपाई सोच्दै हुनुहुन्छ कि यहाँ सबैभन्दा बढी के बिक्छ? उत्तर एउटा फल हो र त्यो केरा हो। हो, विश्वभर वालमार्ट स्टोरहरूमा सबैभन्दा धेरै केरा बिक्री हुन्छ। बिजनेश इनसाइडरको एक रिपोर्ट अनुसार, उपभोक्ताहरूले केरालाई रुचाउँछन् किनभने तिनीहरू प्याक गर्न र खान सजिलो र धेरै सस्तो हुन्छन्। कम्पनीले वार्षिक रूपमा विश्वभर करिब एक बिलियन पाउण्ड केरा बेच्दछ, र केरा पछि सबैभन्दा धेरै बिक्री हुने उत्पादन ट्वाइलेट पेपर हो।

(अनुवादित)

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।