सहकारीहरूलाई सहकारी शिक्षाबारे थाहै नभएकाे कि हेलचेक्र्याइ गरेकाे? नेफ्स्कूनकाे लोगो प्रयोगमा लापरवाही

Jan 26, 2023 03:36 PM Merolagani

सहकारी संस्थाहरुलाई नै सहकारी शिक्षाको अभाव देखिएकाे छ । सहकारी संस्थाहरुले अनाधिकृत रुपमा आफ्नो प्रकृति भन्दा बाहिरका संघहरुको लोगो प्रयोग गरेर होडिङ र्बोड राखेको पाइएको छ ।

भक्तपुरमा रहेको साकार महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले बचत तथा ऋण सहकारी सस्थाहरुको केन्द्रिय संघ नेपाल बचत तथा ऋण केन्द्रय सहकारी संघ (नेफ्स्कून)को लोगो प्रयोग गर्दै होडिङ बोर्ड राखेको पाइएको छ ।

साकार महिला विकास बहुउद्देश्यीय सहकारीको अध्यक्षले उक्त होडिङ बोर्डको विषयमा गैरजिम्मेवारीपूर्ण अभिब्यक्ति दिएकी छिन् । नेफ्स्कूनको लोगो प्रयोग गरेर होडिङ बोर्ड बनाउन मिल्दैन भन्ने बारेमा जानकारी नभएको  अध्यक्ष नारायणी सापकोटाले बताईन । 'बहुउद्देश्यीय सहकारी नेफ्स्कूनको सदस्य बन्न पाउदैन भन्ने थाहा थिएन । बोर्डमा उक्त लोगो कसरी आयो भन्ने बारेमा थाहा भएन । सायद बोर्ड प्रिन्ट गर्ने प्रेसले त्यो राखेको हुनुपर्छ', सापकोटाले मेरोलागानीसँग भनिन् ।

साकार महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको होडिङ बोर्डमा नेफ्स्कूनको लोगो कसरी आयो भन्ने बारेमा आफूहरु जानकार नभएको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष परितोष पौड्यालले बताए । उक्त सहकारी सस्था नेफ्स्कूनको सदस्य बन्न मिल्दैन । नेफ्स्कूनको लोगो यसरी अनाधिकृत रुपमा प्रयोग गर्न नमिल्ने उनको भनाई छ । सहकारी संस्था सञ्चालन सम्बन्धी सामान्य जानकारी समेत नभएका ब्यक्तिहरुले सहकारीको नेतृत्व गर्दा यस्ता त्रुटी बारम्बार दोहोरिने गरेको छ । त्यसैले सहकारी संस्थाहरुका सञ्चालक र व्यवस्थापकलाई सहकारी सम्बन्धी प्रभावकारी शिक्षाको जरुरी देखिएको पौड्याल बताउछन् ।

कुन प्रकृतिको सहकारी संस्था कस्ता संघहरुमा आवद्ध हुने ? जिल्ला संघ, जिल्ला विषयगत संघ तथा केन्द्रीय विषयगत संघमा आवद्धता हुने सम्बन्धी प्रावधान बारेमा अनविज्ञता हुँदा सहकारी संस्थाहरुलाई नै सहकारी शिक्षाको जरुरी देखिएको हो ।

यसरी सहकारी संस्थाहरुले अनाधिकृत रुपमा अन्य सहकारी संघको लोगो प्रयोग गर्दै प्रचार गर्ने गरेको आरोप छ । विषयगत प्रकृतिको भएपनि सबैजसो सहकारी संस्थाहरुले बचत तथा ऋणको कारोबार मुख्य रुपमा गर्ने गरेका छन् । 

सहकारी ऐन २०७४ मा प्रकृति अनुसार ७० प्रतिशत र ३० प्रतिशत बचत तथा ऋण कारोबार गर्नु पर्ने प्रावधान रहेको छ । तर अधिकांश सहकारी संस्थाहरुले बचत तथा ऋण कारोबार मात्र गर्ने गरेका छन् । सहकारी संस्थाको नियामकीय भूमिका फितलो हुँदा पनि सबै खाले सहकारी संस्थाहरु अनाधिकृत रुपमा बैंकिङ कारोबार गरेका हुन् । आफ्नो उद्देश्य भन्दा बाहिर रहेर बैंकिङ कारोबार मात्र गर्ने सहकारी संस्थाहरुलाई सरकारले नियमन मार्फत उद्देश्य केन्द्रीत गराउन सकिरहेको छैन् । त्यसैले पनि सहकारी संस्थाहरु स्वार्थमा केन्द्रीत भएर कारोबार गर्ने थलोको रुपमा प्रयोग हुने गरेको पाइन्छ ।

नेपालमा सहकारी शिक्षाको अवस्था कस्तो छ भन्ने ज्वलन्त उदाहरण यसैबाट प्रष्ट हुन्छ । सरकारले सामान्य जानकारी समेत नभएका व्यक्तिलाई सहकारी सञ्चालनको अधिकार दिदा यस्तो विकृती देखिएको छ । 

सदस्य हुन सक्ने व्यवस्था

कस्ता प्रकृतिका सहकारी संस्थाहरु कस्ता संघमा कसरी सदस्य बन्न सक्दछन् भन्ने बारेमा ऐनले प्रष्ट रुपमा व्यवस्था गरेको छ । सहकारी ऐन दफा ३३ अनुसार सदस्य बन्न सक्ने व्यवस्था यसरी गरेको छ ।
जिल्ला विषयगत सहकारी संघमा जिल्ला भित्रका विषयगत संस्थाहरु सदस्य हुन सक्नेछन् । जिल्ला सहकारी संघमा जिल्ला भित्रका संस्था र जिल्ला विषयगत सहकारी संघहरु सदस्य हुन सक्ने छन् । प्रदेश विषयगत सहकारी संघमा प्रदेश भित्रका विषयगत संस्था र जिल्ला विषयगत संघहरु सदस्य हुन सक्ने छन् ।

त्यसैगरी, प्रदेश सहकारी संघमा प्रदेश भित्रका संस्था, जिल्ला विषयगत सहकारी संघ, जिल्ला सहकारी सहकारी संघ र प्रदेश विषयगत सहकारी संघ सदस्य हुन सक्ने छन् । केन्द्रिय विषय गत सहकारी संघमा विषयगत संस्था, जिल्ला विषयगत संघ र प्रदेश विषयगत संघ सदस्य हुन सक्ने छन् ।
राष्ट्रिय सहकारी महासंघमा जिल्ला विषयगत संघ, जिल्ला सहकारी संघ, प्रदेश विषयगत संघ, प्रदेश सहकारी संघ र केन्द्रिय सहकारी संघ सदस्य हुन सक्ने छन् ।

 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।