लुम्बिनी जनरल इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस कति?

Jan 25, 2023 04:55 PM Merolagani



लुम्बिनी जनरल इन्स्योरेन्स (LGIL) ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ६.९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३६७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले प्राप्त गर्ने छन्।