नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको खुद नाफा दुई अर्ब माथि, अन्य सूचक कस्तो?

Jan 26, 2023 09:16 AM Merolagani

साबिकको नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकबीच मर्जर भएर बनेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (NIMB) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा २ अर्ब ८ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २८.४४ प्रतिशतले धेरै हो ।

गत आर्थिक वर्षको यहि अवधिमा बैंकले १ अर्ब ६२ करोड रुपैयाँ ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा बैंकले ३ खर्ब ५५ अर्ब २२ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब १७ अर्ब ८९ करोड ३० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ भने ४ अर्ब १८ करोड ६३ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

यस्तै बैंकको सञ्चालन मुनाफा पनि २३.८९ प्रतिशतले बढेर २ अर्ब ९८ करोड २४ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिसम्म सञ्चालन मुनाफा २ अर्ब ४० करोड ७४ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब ६० करोड ४२ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

चुक्तापुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको बैंकको रिजर्भमा २३ अर्ब ५५ करोड रुपैयाँ रहेको छ ।

यस्तै बैंकको प्रति शेयर आम्दानी १५ रुपैयाँ ६१ पैसा, प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ९१ पैसा र मूल्य आम्दानी अनुपात १६.०८ गुणा रहेको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।