तीन निर्जीवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा

Jan 26, 2023 09:43 AM Merolagani

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तीन निर्जीवन बीमा कम्पनीहरुको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले सगरमाथा इन्स्योरेन्स (SIC), लुम्बिनी जनरल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरिदिएको हो ।

मर्जर सम्बन्धी सम्झौता गरेपछि तीनवटै कम्पनीको शेयर कारोबार रोक्का रहेको थियो ।

नेप्सेले सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स (LGIL) बीच मर्जर सम्बन्धी सम्झौता गरेपछि शेयर कारोबार रोक्का गरेको थियो ।

यस्तै प्रभु इन्स्यारेन्स (PRIN) को पनि शेयर कारोबार फुकुवा भएको छ । प्रभुले अजोड इन्स्योरेन्ससँग मर्जर सम्बन्धी सम्झौता गरेको थियो । तर अहिले प्रभु र अजोडबीचको मर्जर तोकेको छ ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका अनुसार मर्जर प्रकृयामा रही रोक्का रहेको शेयर कारोबार नेप्सेले फुकुवा गरेको हो ।

त्यस अनुसार तीन वटै कम्पनीको आधारभुत शेयरधनी बाहेकका शेयरधनीहरुको शेयर कारोबार फुकुवा भएको हो ।

 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।