नेपाली इतिहासमै हालसम्मकै महंगाेमा बिक्री हुँदै सुन, कति पुग्ला ?

Jan 26, 2023 11:24 AM Merolagani

नेपालमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । माघ १२ गते, बिहीबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो । साेमबारकाे रेकर्ड ताेड्दै सुनकाे मूल्यले बिहीबार उच्च  विन्दुमा पुगेकाे हाे ।

यस दिन छापावाल सुनको मूल्य ७०० रुपैयाँले बढेर १ लाख ६ हजार ९०० रुपैयाँ काराेबार भैरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। याे नेपाली सुन इतिहासकै हालसम्मकै महंगाे मूल्य हाे । यस्तै तेजाबी सुन पनि महंगिएर प्रतितोला १ लाख ६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । त्यसदिन सुन प्रतितोला एक लाख ६ हजार ३०० रुपैयाँको उंचाइमा पुगेको थियो । बुधबार भने सुन सामान्य घटेकाे थियाे । हिजाे सुन तोलामा १०० रुपैयाँले सस्तिएर प्रतितोला एक लाख ६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । 

सुनको मूल्यले नयाँ उचाई कायम गरेको दिन चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ३८० पुगेको छ । बुधबार भने चाँदी प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो ।

सुन एक लाख १० हजार रुपैयाँसम्म पुग्नसक्ने

नेपालमा सुनको मूल्य अझै माथि जाने नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुमान रहेको छ । विश्वमा नै सुनखानी ७५ प्रतिशत रित्तिएको र २५ प्रतिशत मात्र बाँँकी रहेको अन्तरराष्ट्रिय संचारमाध्यमले लेखिरहेका छन् । जसकारण सुन युरेनियम भन्दा पनि महत्वपूर्ण हुने र सुनको प्रयोग विशेष स्थानमा मात्र हुने आंकलन गरिएको छ । सोहि क्रममा अमोरिकाका विज्ञहरुले विश्वभर भइरहेको मूल्यवृद्धिको तुलनामा सुनको भाउ नबढेको गुनासो गरिरहेका छन् । विज्ञहरुका अनुसार प्रतिअउन्स सुन तीन हजार डलरसम्म पुग्न सक्नेछ । सोहि आधारमा नेपालमा पनि सुनको भाउ २ लाख रुपैयाँसमम्म पुग्न सक्ने अनुमान महासंघको रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले सुनको भाउ तत्काल नै २ लाख रुपैयाँ नपुगे पनि बिस्तारै पुग्न सक्ने बताएका छन् । "अहिले एक वा डेढ महनिाभित्र सुन प्रतितोला एक लाख १० हजार रुपैयाँसम्मको रेकर्ड बन्ला कि ?", उनी संकेत गर्छन् ।

विश्वमा सुनको भाउ बढिरहनु र डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर हुँदै गइरहेकोले पनि सुनको भाउ बढोत्तरी हुँदै जाने महासचिव बज्राचार्यले खुलाउँछन् । "जब जब विश्वको अर्थतन्त्रमा क्राइसिस आउँछ, ठुला लगानीकर्ताहरुले कागज अथवा मुद्रामा लगानी गर्न छोडेर मेटल वा सुनमा लगानी गर्न थाल्छन् । कोभिडको समयदेखि रुस र युक्रेनको युद्धको समयमा सुनको भाउ उथलपुथल भएको थियो । अहिले चीन र ताइवानको युद्ध भएमा पुन सुनको भाउ माथि जान सक्छ ", उनी सुनाउँछन् ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।