फाइनान्स कम्पनीहरुको नाफामा उच्च गिरावट, औसतमा ५३ प्रतिशतले घट्यो नाफा, नाफा घट्दा शेयरमा घट्यो आकर्षण

Jan 26, 2023 06:26 PM Merolagani

फाइनान्स कम्पनीहरुको नाफामा उच्च गिरावट देखिएको छ। फाइनान्स कम्पनीहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको वित्तीय विवरण अनुसार फाइनान्स कम्पनीहरुको खुद नाफा औषतमा ५३.३२ प्रतिशतले घटेको छ।

वित्तीय विवरण अनुसार तीन फाइनान्स कम्पनीले मात्रै नाफा बढाएका छन्। गोर्खाज फाइनान्सको खुद नाफा सबैभन्दा धेरै २४६ प्रतिशतले बढेको छ भने मञ्जुश्री फाइनान्सको ८१ प्रतिशत र पोखरा फाइनान्सको २० प्रतिशतले बढेको छ।

फाइनान्स कम्पनीहरुमध्ये दुई फाइनान्स कम्पनीहरु घाटामा देखिएका छन्। गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ६० लाख रुपैयाँ नाफा कमाएको समृद्धि फाइनान्स चालु आर्थिक वर्षको सोहि अवधिमा ७ करोड ७३ लाख रुपैयाँ घाटामा देखिएको छ। यस्तै प्रोग्रेसिभ फाइनान्स पनि १ करोड ३० लाख रुपैयाँ घाटामा देखिएको छ।

फाइनान्स कम्पनीहरुको खुद नामा देखिएको उच्च गिरावटले फाइनान्स कम्पनीको शेयरमा पनि लगानीकर्ताको आकर्षण घटेको छ। नेप्सेको पछिल्लो बढाइमा फाइनान्स कम्पनीहरु यसअघिको जस्तो बढ्न सकेनन्।

पछिल्लो केहि दिनको तथ्याँक हेर्ने हो भने लगानीकर्ता फाइनान्स कम्पनीभन्दा हाइड्रोपावर र बीमा कम्पनीहरुमा बढी आकर्षित भएको देखिन्छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।