सातामा सामान्य अंक बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो?

Jan 28, 2023 06:28 AM Merolagani

यस साता नेप्से परिसूचक सामान्य अंक बढेको छ। गत साता २१७८.८१ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.२० प्रतिशत अर्थात ४.४० अंक बढेर २१८३.२१ विन्दुमा पुगेको छ।

यस साता सेन्सेटिभ इण्डेक्स १.९१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२० अंक बढेको छ। त्यस्तै, सेन्सेटिभ फ्लोट इण्डेक्स यस साता ०.७५ अंक घटेको छ।

यस साता ४ कारोबार दिनका लागि खुलेको बजारमा, २ कारोबार दिन नेप्से उकालो लागेको थियो भने दुई कारोबार भएका ओरालो लागेको थियो।

नेप्से सामान्य अंक बढेपनि यस साता कारोबार रकम भने घटेको छ। यस साता दैनिक औषतमा ३ अर्ब ३० करोडको शेयर खरिदबिक्री भएको छ। यो गत साताको दैनिक औषत कारोबार रकमको तुलनामा १५.४१ प्रतिशत कम हो। गत साता नेप्सेमा दैनिक औषतमा ३ अर्ब ९० करोडको शेयर खरिदबिक्री भएको थियो। यस साता दैनिक औषत शेयर संख्या१८.४५ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १३.९७ प्रतिशत कम हो।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि सामान्य बढेको छ। गत साता ३१ खर्ब ४५ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ०.१५ प्रतिशत अर्थात ४ अर्ब रुपैयाँ बढेर ३१ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ।

यस साता १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.९८ प्रतिशत बढेको छ। गत साता ९२१३.७० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २७४.७० अंक बढेर ९४८८.४० विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस साता जीवन बीमा, होटल तथा पर्यटन र वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। यस साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.०४ प्रतिशत घटेको छ। गत साता ३९३०.१५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ८०.२५ अंक घटेर ३८४९.९० विन्दुमा झरेको छ।

यस साता नेप्सेमा ९ लाख ७९ हजार २३.३१८२ कित्ता शेयर सूचीकृत भएको छ। यस साता एक्सेल डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत भएको हो।

यस साता आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ४१.२३ प्रतिशत बढेको छ। त्यसैगरी, ग्रीन लाइफ हाइड्रोपावरको शेयरमूल्य करिब १४ प्रतिशत बढेको छ भने उपकार लघुवित्तको शेयरमूल्य साढे १२ प्रतिशत बढेको छ। यस साता सप्तकोशी डभेलपमेन्ट बैंक र कामना सेवा विकास बैंकको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता साल्ट ट्रेडिङ्ग कर्पोरेशन, सोल्टी होटल, आँधीखोला लघुवित्त लगायतका स्टकहरुको मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने शिवम् सिमेन्ट्स, गुराँस लघुवित्त, बुटवल पावर कम्पनी मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।