एनआईबीएल एस क्यापिटलको लगानी व्यवस्थापन सेवामा ११०० बढी ग्राहक आबद्ध, ४ अर्ब बढि आकारको लगानीको व्यवस्थापन गर्दै

Jan 29, 2023 12:02 PM Merolagani

एनआईबीएल एस क्यापिटलको लगानी व्यवस्थापन सेवामा ११०० भन्दा बढी ग्राहक आबद्ध भएका छन्। कम्पनीले अहिले ती ग्राहकहरुको ४ अर्ब भन्दा बढि आकारको लगानीको व्यवस्थापन गर्दै आइरहेको जनाएको छ।

एनआईबीएल एस क्यापिटल लिमिटेडले प्रदान गर्दै आईरहेको विभिन्न सेवाहरु मध्ये लगानी व्यवस्थापन सेवाको सुरुवात बि.स.२०७१ साल देखि हुदै आएको छ । दक्ष तथा अनुभवी पुँजी व्यवस्थापकहरु द्वारा पारदर्शी तथा ग्राहक मैत्री सेवा प्रदान गर्दै आईरहेको क्यापिटलमा आबद्ध हुने ग्राहकको सँख्या बढ्दै गएको छ।

एनआईबीएल एस क्यापिटलले विगत ८ बर्ष अवधिदेखी सुरुवात गरेको यस सेवा अन्र्तगत लगानीकर्ताहरुलाई स्वेच्छिक र अस्वेच्छिक लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको छ ।

ग्राहकबर्गले कम्पनी प्रति देखाएको विश्वास र यस सेवामा आवद्ध भई लगानी व्यवस्थापन सेवा मार्फत प्राप्त गर्दै आइरहेको मुनाफा र ग्राहक बर्गको हितलाई नै सर्वोपरि ठानी कार्य गर्ने कुसल लगानी व्यवस्थापकहरुको कारण यो ४ अर्बको आकारको कोषे ढुङ्गा प्राप्त गर्न कम्पनी सफल भएको छ ।

आगमी दिनहरुमा पनि लगानीकर्ताहरुको साथ, सहयोग, सदभाव र विश्वासलाई मध्यनजर गर्दै कम्पनीले सेवालाई थप परिस्कृत, प्रविधिमैत्री, तथा प्रतिफलयुक्त सेवाको रुपमा विकास गर्दै लैजाने यस क्यापिटलले जनाएको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।