हात खुट्टा नभएका १ सय जनालाई निःशुल्क कृत्रिम हातखुट्टा वितरण गरिने

Jan 29, 2023 01:15 PM merolagani



झापा जिल्लामा पहिलोपटक अपाङ्गता भएका मानिसहरूलाई  निःशुल्क कृत्रिम  हात खुट्टा वितरण गरिने भएको छ ।

ब्राह्मण अपाङ्ग महिला बचत तथा ऋण सहकारी संस्था मेचीनगरको –२ बौद्वमोडको आयोजनामा जिल्लाका १ सय जना हातखुट्टा नभएका मानिसहरूलाई निःशुल्क कृतिम हात खुट्टा वितरण गरिने सहकारीले शनिबार पत्रकार सम्मेलन आयोजना गरेर जानकारी गराएको हो ।

आगामी माघ २१ गते मेचीनगर –३ स्थित बौद्धमोड इङ्लिस स्कूलको परिषरमा  स्वास्थ्य क्याम्प आयोजना गरी अपाङ्गता भएका मानिसहरूको आवश्यकता अनुसार नाप लिने र त्यसपश्चात सो सामाग्री वितरण गरिने आयोजक संस्थाका संयोजक तथा सहकारी संस्थाका अध्यक्षा सचिन निरौलाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

कृत्रिम  हातखुट्टा निर्माण संस्था नारायणी सेवा संस्था उदयपुर भारतको सहयोग तथा नेप इण्डिया फाउण्डेशन कालेम्पुङकाे समन्वय र आर्थिक सहयोगमा आयोजना हुन लागेको सो कार्यक्रमको आयोजना ब्रम्हाण्ड अपाङ्ग महिला बचत तथा ऋण सहकारी संस्थाले गर्ने भएको हो ।

कार्यक्रममा दमक अपाङ्ग सहयोग समिति तथा रुद्र गौरी फउण्डेसनले समेत सहयोग गर्ने आयोजकलेंं जनाएको छ ।