मौद्रीक नीतिमा सुझाव दिँदै उद्योगी व्यवसायी, उद्योग संगठन मोरङले दिएको ३६ बुँदामा के के छन् सुझाव

Jan 29, 2023 02:05 PM Merolagani



नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा सुझाव मागेपछि उद्योगी व्यवसायीले धमाधम सुझाव दिन थालेका छन् । उद्योग संगठन मोरङले लिखित रुपमा ३६ बुँदे सुझाव दिएको छ ।

उद्योग संगठन मोरङले शनिबार नेपाल राष्ट्र बैंक अनुसन्धान विभागलाई उक्त सुझाव पठाएको छ । सुझावमा ठुला वित्तीय संस्थाहरु मर्जर हुदाँ वित्तीय एकाधिकार कायम भई साना तथा पहुँच नपुग्ने उद्योगी व्यवसाय तथा सर्वसाधारण वित्तीय सेवाबाट बञ्चित हुने साथै छनौटको स्वतन्त्रता समेत समाप्त हुने भएकोले यस तर्फ नियमन निकाय बेलैमा सचेत रहनु आग्रह सहितका ३६ बुँदे सुझाव दिएको छ