एनआईबीएल एस क्यापिटलले गर्याे ४ अर्ब भन्दा बढी रकमकाे लगानी व्यवस्थापन

Jan 29, 2023 03:25 PM Merolagani

एनआईबीएल एस क्यापिटल लिमिटेडNIBLAceCapital)ले प्रदान गर्दै आईरहेको विभिन्न सेवाहरु मध्ये लगानी व्यवस्थापन ४ अर्ब रूपैयाँभन्दा बढी आकारको भएकाे छ । वि.स.२०७१ सालदेखि सुरुवात भएकाे लगानी व्यवस्थापन सेवामा एक हजार १०० भन्दा बढी ग्राहक भएका छन् ।

एनआईबीएल एस क्यापिटलले विगत ८ बर्ष अघिदेखी सुरुवात गरेको यस सेवा अन्तरगत लगानीकर्ताहरुलाई स्वेच्छिक र अस्वेच्छिक लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको छ ।

#ग्राहकले कम्पनी प्रति देखाएको विश्वास र यस सेवामा आवद्ध भई लगानी व्यवस्थापन सेवा मार्फत प्राप्त गर्दै आइरहेको मुनाफा र ग्राहकको हितलाई नै सर्वोपरि ठानी कार्य गर्ने कुसल लगानी व्यवस्थापकहरुको कारण यो ४ अर्बको आकारको कोषे ढुङ्गा प्राप्त गर्न कम्पनी सफल भएको बताएकाे छ । आगामी दिनहरुमा पनि लगानीकर्ताहरुको साथ, सहयोग, सदभाव र विश्वासलाई मध्यनजर गर्दै कम्पनीले सेवालाई थप परिस्कृत, प्रविधिमैत्री, तथा प्रतिफलयुक्त सेवाको रुपमा विकास गर्दै लैजाने यस क्यापिटलले जनाएको छ ।

 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।